काभ्रे३१असार०७५/ विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता इङल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे ।
केनले समुह चरणको सुरुवाती खेलमा ट्युनिसिया विरुद्ध इङल्यान्डले २–१ को जित निकाल्दा निर्णायक दुई गोल गरेका थिए ।
त्यस्तै, समुह चरणको दोस्रो खेलमा पाना विरुद्ध इङल्यान्ड ६–१ ले विजयी हुँदा उनले ह्याट्रिक गरेका थिए । उक्त खेलमा केनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए ।
क्वाटरफाइनलमा कोलम्बिया विरुद्ध पनि उनले पेनाल्टीमै गोल गरेका थिए । सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा भने उनी गोल गर्नबाट चुके ।
इङल्यान्ड प्रतियोगिताको चौथो स्थानमा रह्यो ।
प्रतियोगितामा एन्टोनियो ग्रिजम्यान, कालियन एमबाप्पे, क्रिष्ट्रियानो रोनाल्डो, डेनिस चेरिसेभ र रोमेलु लुकाकुलको नाममा समान ४–४ गोल छ ।