म निक्कै ठुलो हल्ला सुन्दैछु ।
बिशाल भु मण्डलको , सुन्दर फुलबारीमय ,
एउटा सानो देशमा , सत्याग्रही एउटा बुढो डाक्टर ,
एक्लै , आडम्बरी सत्तालाई , सत्यको पाठ पढाउन खोज्दैछ रे ।
कस्तो हट्ठि हो त्यो डाक्टर !
सत्ताले सत्यबोध नगरे ,
उ आफै , आफ्नै मृत्यु रोज्दैछ रे ।
अर्को हल्ला पनि सुनिदै छ ।
दूर दराज गाउ घरका , मान्छेहरु भन्छन ,
” उ त , असंख्य गरीबहरूकाे भगवान हाे रे !
प्रतिक्रिया दिनुहोस्