0 COMMENTS

हाम्रो सरिरमा भएका रक्तकोशीकाहरु को अनियन्त्रित वृद्धिभई शरिरका बिभिन्न भागमा तथा रगतमा असर गर्ने र तुरुन्तै उपचार गर्न नसक्दा मृत्यु सम्म पुर्याउने रोगलाई रक्त क्यनसर भानिन्छ | सामान्यतया रगतमा तिन प्रकार मा कोशीका हुन्छन। यसमा राता रक्ताकोशिका RBC भनिन्छ । सेता रक्ताकोशिका लाई WBC भनिन्छ भने रगत लाई जम्न सहयोग गर्ने रक्तकर्ण लाई Platlets भनिन्छ। यसमा पनि सेता रक्ताकोशिकाहरु पाँच प्रकारका हुन्छन। यसमा Neutrophil, Basophil, Eosinophil , Lymphocytes, Monocytes पर्दछन/धेरैजसो बालबालिका मा हुने क्यान्सर Lymphocyte को precorser Lymphoblast बाट हुने गर्दछ। यस बाट हुने रक्तक्यान्सर लाई ALL(Acute Lymphoblastic leaukemia) भनिन्छ।यसप्रकारको रोग करिब ७५ प्रतिसत बालबालिका मा देखा पर्छ। करिब २०% बालबालिका मा देखापर्ने क्यान्सर Acute Myeloblastic leukemia (AML) हो। यो normoblast बाट बन्ने गर्दछ। अरुबाँकी ५% अन्य सबैखालका कोशीकाबाट बन्ने गर्दछ । कहिलेकाही RBC र Platlets का precourser बाट पनि रक्त क्यान्सर बन्ने गर्दछ ।

रक्त क्यान्सर लाई समयमा नै पत्तालगाई उपचार गरेमा बिकसित देशहरुमा ९०% भन्दा बढीनिको हुने गरेको छ  ।यदि समयमा पत्तालगाई यथेष्ठ उपचार गर्न सक्ने हो भने विकासोन्मुख देशमा पनि त्यो परिणाम ल्याउन सकिन्छ। यो रोग लाई निम्नलिखित लक्षणबाट संका गर्नसकिन्छ। यदि यस्ता लक्षणहरु देखा परेमा रगत जांच र बोन म्यारो जांच बाट १-२ दिन मा नै रोग पत्ता लगाउन सकिन्छ।

लक्षण हरु:

लामो समय सम्म ज्वरो आइरहने, सामान्य औसधि बाट निको नहुने।

सरिर दुब्लाउदै जानु, खान मन नलाग्नु, सरिर मा विभिन्नभागमा गाठा गुठी देखिनु, पेट फुल्दै जानु आदि।

पटक पटक संक्रमण हुनु,सरिर का बिभिन्न भागमा निल दम देखिनु, रगत बगनु( दिशा, पिसाब, मुख, गिजा आदि।

रातो रक्त कोशीका कमभै रक्तअल्पता हुनु, सरिर पहेलो देखिनु, समान्यतया काम गर्दा वा हिड्दुल गर्दा गारो हुनु।

सरिर का हड्डी दुखनु, जोर्नी दुखनु आदि।

उपरोक्त लक्ष्यण ले रोग को संका गर्न सकिन्छ। यी लक्ष्यण हरु अरु रोगका लक्ष्यण पनि हुन् सक्छन। त्यसैले पुरा जांचबाट प्रमाणित नभई रक्तक्यान्सर भन्न मिल्दैन।

सामान्यतया रोग को निदान गर्न complete blood count र peripheral blood smear को जांच गरिन्छ। यसमा थप संका लागे bone marrow को morphological र flowcytometry test गरिन्छ। यस बाट सामान्यतया कुन प्रकार को रक्तक्यान्सर पत्ता लाग्छ। थप जाँचको रुपमा Cytogenetic र pharmacogenetic जांचहरु गर्न सकिन्छ। यसबाट कत्तिको कडा रोग हो र कुन औसधिले राम्रो कम गर्न सक्छ पत्ता लगाइन्छ। यी थप परिक्षण २ हप्ता मा पुरा हुन्छ।

रोग को पुरा किटान भैसके पछि उपचार सुरु हुन्छ। यो सुरुको हप्तामा बिरामी लाई supportive care को जरुरत पर्दछ। सामान्यतया रक्त क्यान्सर औसधिले निको पर्नसकिन्छ। केहि कडा रक्त क्यान्सर र बल्झेका रोगमा बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।CML भन्ने रक्तक्यान्सर Imatinib(Glivac) भन्ने medicine नियमित सेबनबाट ९५% भन्दाबढीलाई निको पर्नसकिन्छ। त्यस्तै ALL भन्ने रोग धेरै औसधिको संयोजन बाट निको पर्न सकिन्छ। यसको उपचार२-३ बर्ष सम्मगर्नु पर्ने हुन्छ। यसबाट यो रोग ९०% भन्दा बढी बिरामी निको हुन्छन। अर्को केहो कडा रोग को रुपमाAML रहेको हुन्छ। यो रोग बिकसितदेश मा औसधिको प्रयोग बाट ५०-६०% लाई निको हुन्छ भने बाकी लाई BMT गर्नु पर्ने हुन्छ। यो रोग को उपचारसामान्यतया ६ महिना देखि १बर्ष गर्नु पर्दछ।

कहिले कहिँ उपचार पछि पनि यो रोग बल्झिनसक्छ। त्यो बेला मा औसधि को प्रयोग र कहिले काहिँ BMT/SCT बाट गर्नु पर्ने हुन्छ । यसको अलाबा नया औसधि हरु पत्ता लागि रहेका छन्, बिभिन्न खलका targeted therapy, Biotherapy हरु अनुसन्धान बाट पट्त्ता लागेका छन्। यी औसधिको प्रयोग सर्बसाधारण नागरिक को पहुच मा पुर्याउनसके धेरै रक्त क्यान्सर निको हुनेछन। हाम्रो देश मा यी बिकशितदेशमा प्रयोगमा आयका औसधि र प्रविधिलाई पूर्ण रुपमा भित्राउन आबश्यक छ। यसको अलाबा भौतिकसंरचना र रोग को उपचार गर्ने दक्ष्य जनसक्ति अत्यन्तै कम भयको ले सम्बन्धित निकाय बाट यसमा ध्यानदिनु जरुरि छ।

उपयुक्त प्रबिधि, नयाँ औसधिहरु, आबस्यक साधन श्रोत र आबश्यकदक्ष जनशक्ती को समुचित संयोजनगर्न सक्ने हो भने नेपाल मा नै केहि दसक मा रक्त क्यान्सर पुरा निको पर्न सकिने अवस्था सिर्जनागर्नसकिन्छ। तसर्थ सम्बन्धित सबैले यसमा ध्यानदिनु जरुरत छ। नेपाल मा बर्सेनि हुने करिब १५०० बालबालिका को क्यान्सर मध्य ५०० यहि रक्तक्यान्सर हुन्छन। यसको समुचित प्रयोग ले यी ५०० बालबालिका लाई क्यान्सर बाट निको परि पूर्ण स्वस्थ बनाउन र देश बिकाश मा सरिक गराउन सकिन्छ। कुनै पनि बच्चा रक्त क्यान्सर बाट नमरुन भन्ने नारा लाई साकार बनाउन सबैमा अपिलगर्न चाहन्छु।प्रस्ताेताः डा. कृष्ण सागर शर्मा,कन्सल्टेन्ट बाल रोग तथा क्यान्सर रोग बिशेसज्ञ विभागीय प्रमुख, बाल क्यान्सर रोग बिभागबि. पी.को.मे.क्या. अस्पताल,भरतपुर,चितवन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।