0 COMMENTS

मिलन चाम्लिङ,धरान,२६असार०७५/ खोटाङको उत्तरी भेगमा रहेको ऐसेलुखर्क बजार जोड्ने सडक बिजुले – ऐसेलुखर्क सडक खण्ड अन्तरगत बिचमा पर्ने रावाबेसी गाउपालिका २ मा पर्ने कल्लेरी खोलामा रावाबेसी गाउपालिका प्रमुख लिलानाथ निरौलाको नेतृत्वमा शारदा मावी खार्पाका शिक्षकहरुको संलग्नता सडक मर्मत भएको छ ।उक्त सडकमा बर्षाको कारण कल्लेरी खोला आसपासमा पहिरो गएको थियो ।

पहिरो गएसंगै सडक अवोरुद्द हुँदा दैनिक उपभोग हुँदै आएको खाद्यान्न लगायतको अन्य सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु आवतजावत गर्न ठप्प भएको थियो । ढुवानीमा समस्या आएसंगै स्थानीयहरु मारमा परेको थिए ।उक्त सडक अबोरध भएसंगै स्थानीयहरु गाउँपालिका प्रमुखसंग गुनासो सुनाउन दिनौ पुग्ने गरेको थिए । सबैतिरबाट सडकको गुनासो आउन थालेपछि प्रमुख आफै लागिपरेर सडक मर्मत गरेको हुन ।उक्त सडकखण्ड अबोरुद्द हुदा रावाबेशी गाउँपालिका अन्तरगतको ४ वटा वडा र ऐसेलुखर्कका बासिन्दा प्रत्यक्ष मारमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।