मिलन चाम्लिङ,धरान२५असार०७५/ बराह ज्वेलरी इण्डष्ट्रीज प्राली “बराह ग्रुप” संचालन भएको २४ बर्षमा प्रवेश गरेसंगै व्यावसाय बिस्तार गर्दै बराह कृषि उपज तथा पशुपालन प्रा. लि ग्रामथान गाउपालिका ५ तेतरिया मोरङमा प्रदेश नं १को मुख्य मन्त्री शेरधन राईको आतिथ्यमा उद्यघाटन गरेर संचालनमा ल्याएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कृषि प्रधान देश भएकोले र प्रदेश नं १ लाई कृषिमा बढी बजेट छुट्याइएको कृषिले देशको अर्थतन्त्रमा ठुलो टेवा पुर्याएकोले कृषि क्षेत्रलाई महत्त्वपूर्ण योजना बनाएर अगाडि बढ्नु पर्ने मुख्य मन्त्री शेरधन राईले बताए । बिशेष योजनाको साथ कृषि क्षेत्रमा प्रदेश सरकारले नया निति कार्यक्रम सहित बजेट ल्याएको हुदा निजि क्षेत्रलाई सरकारले प्राथमिकता साथ हेरेले प्रदेश नं १मा भएको सहकारी लगायत निजि क्षेत्रहरुले प्रदेश सरकारसंग सहकार्य गरेर अगि बढ्नु पर्ने बताए । त्यसै गरि देशमा आधुनिक हलो चलाउने हलिहरुको आवश्यकता रहेको र जो जति नै सम्पन्न भए पनि बाच्नको लागि कृषिमा नै निर्भर रहनु पर्ने भएकोले बराहज्वेलरी इण्डष्ट्रीज प्रालीले कृषिमा केही गर्नुपर्ने देखेर बराह कृषि उपज तथा पशुपालन प्राली संचालनमा ल्याएको बराह ज्वेलरी इण्डष्ट्रीज प्रालिको अध्यक्ष शिव कुमार लामिछाने बताए ।
उक्त उद्यघाटन कार्यक्रममा मुख्य मन्त्री शेरधन राईको हातबाट सगरमाथा आरोही धरानको चेली पत्रकार देउराली चाम्लिङ लगायत बराह कृषि उपज तथा पशुपालनका कर्मचारीलाईसम्मान गरेको छ ।
सम्मान हुनेमा बराह कृषि उपज तथा पशुपालन प्रालीको कृषक कर्मचारीहरु रामकृष्ण गिरि, दामोदर आचार्य, कृष्ण सापकोटा, लोक बहादुर बिश्वकर्मा, कुमार खत्री, सुमन बिश्वकर्मा, मनिकला बिश्वकर्मा, गणेश मगर, बिष्णुमाया आचार्य, लक्ष्मी तामाङ, श्याम पास्वाङ, काशी पास्वाङ सम्मानित भएको छ ।
उक्त बराह कृषि उपज तथा पशुपालन प्रालि( मोरङको ग्रामथान गाउँपालिका ५ तेतरिया) ४-१०-०० क्षेत्रफल जग्गामा माछा पालन, कुखुरा पालन, गाई पालन, उन्नत जातको घाँस उत्पादन लगायतका कृषि परियोजना संचालन गरिरहेका छन ।
उक्त कार्यक्रममा प्रदेश नं १ को सांसदहरू सावित्री श्रेष्ठ, उमिता बिश्वकर्मा, बिजय कुमार बिश्वास लगायतले शुभकामना मन्तव्य राखेको थिए भने बराह कृषि उपज तथा पशुपालन प्राली अध्यक्ष तथा बराह ज्वेलरी इण्डष्ट्रीज प्रालीका संचालक एवं शाखा प्रमुख मान बहादुर बिश्वकर्माले स्वागत मन्तव्य राखेको थिए ।