0 COMMENTS

मोरङ२५असार०७५/ ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान भएका छन् ।मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला न्यायाधीस नारायण प्रसाद शर्माको ६ नं. इजलाशमा हिजो र आज भएको थुनछेक बहस पछि तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।

त्यस्तै, अन्य तीन जनालाई भने धरौटीमा छोडने आदेश दिइएको छ । उर्लाबारीका रेवत भन्ने रेवन्तकुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक–९ का विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठ १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

गत बुधवार सरकारी वकिल कार्यालय मोरङले एक जना फरार सहित सात जना विरुद्ध आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान अभियोगमा पूरक मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।