0 COMMENTS

जुम्ला२५काठमाण्डाै०७५/ आठ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो मागप्रति कुनै तदारुकता नदेखाएको भन्दै कर्णालीमै मृत्यु वरण गर्न तयार रहेको बताएका छन् ।

‘मेरो मृत्युले सरकारलाई सन्तुष्टि मिल्छ भने बरु कर्णालीमै मर्न तयार छु,’ शनिबार सञ्चारकर्मी तथा शुभचिन्चतकहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर अन्तिम सास रहुन्जेल अनशन जारी रहन्छ ।’

माथेमा आयोगको प्रतिवेदनलाई सरकारले लत्याएको बताउँदै डा. केसीले आफ्ना मागप्रति सरकार सकारात्मक नभएसम्म अनशन फिर्ता नलिने बताएकाे राजधानी दैनिकमा समाचार छ ।

यसैबीच, डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन कालिकोटका जनप्रतिनिधिको एक टोली जुम्ला आइपुगेको छ । सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन कालिकोटका स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र नागरिक समाजको टोली जुम्ला पुगेको हो ।

जनप्रतिनिधिको टोलीले ऐक्यबद्धतापत्र जारी गर्दै दुर्गम र कर्णालीका जनताको पक्षमा केसीले थालेको आन्दोलनप्रति सरकारले अमानवीय र अभद्र व्यवहार गरेको भन्दै विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।