0 COMMENTS

काठमाडौं २५ असार०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन् ।

नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन र उनको जीवनरक्षाका लागि ध्यानाकर्षण गर्न आइतबार बालुवाटार पुगेको नेपाल चिकित्सक संघको टोलीसमक्ष प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले डा. केसीको अनशन र चिकित्सक संघले दिएको हड्तालको चेतावनीको सामना गर्नेसमेत बताए ।‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’ ओलीलाई उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले भने । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।