0 COMMENTS

काठमाडौं२४असार०७५/ अभियुक्त छविलाल पौडेल अदालतमा हाजिर भए लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।

फुजेल हत्याकाण्डका अभियुक्त उनी सर्वोच्च अदालतमा हाजिर भएका हुन् । २०७१ मा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले धरौटीमा छाडेको थियो । सर्वोच्चले २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो । लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् ।

गंगामायाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका छन् । त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् । यसअघि अनशनकै क्रममा कृष्णप्रसाद पीता नन्दप्रसादको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।