0 COMMENTS

काठमाडौं२३, असार०७५/ उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसको निझ्नी नोभ्गोरोद रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स रुसमा जारी विश्वकपको सेमिफाईनलमा पुग्ने पहिलो टोली बनेको हो ।

खेलको ४० औं मिनेटमा फ्रान्सले अग्रता लियो । एन्टोनियो ग्रेजम्यानको फ्रि किक प्रहारमा राफेल भारानेले हेड गोल गर्दै फ्रान्सलाई अग्रता दिएका हुन् ।

दोस्रो हाफको ६२ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर भयो ।एन्टोनियो ग्रेजम्यानले डि एरिया बाहिरबाट गरेको कडा प्रहारलाई उरुग्वेका गोलकिपर फर्नान्डो मस्लेराले रोक्न नसक्दा फ्रान्सको अग्रता दोब्बर भएको हो ।

मस्लेराले दुई हातले पञ्च गरको बल जाली चुम्न पुगेपछि सन् १९९८ को विश्वकप विजेता फ्रान्सले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सेमिफाईनलमा फ्रान्सले युरोपियन प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्नेछ ।यि दुइ टाेली बिच हुने खेल अत्यन्त राेचकहुने खेल प्रेमीहरूकाे बिश्लेषण रहेकाे छ तर प्रतीयाेगीता कस्ले जीत्छ यस्काे सजीलै अनुमान लागउन भने गाह्राे रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।