0 COMMENTS

काठमाण्डाै२३असार०७५/ विश्वकपको सदाबाहार दाबेदार ब्राजिल युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

योसँगै ब्राजिलको छैटौँ पटक विश्वविजेता बन्ने सपनामा ब्रेक लागेको छ । उता, सन् १९८६ पछि बेल्जियम विश्वकपको सेमिफाइलनमा पुगेको यो पहिलो अवसर हो ।

दुई हेभिवेट टोलीबीचको आजको भिडन्त  निकै रोमाञ्चक  देखिन्थ्यो खेलको शुरुवातमा नै थियागो सिल्भाको प्रहार पोष्टमा लागेको थियो । उता, बेल्जियमले उत्कृष्ट काउन्टर अट्याकिङ खेलको नमूना प्रस्तुत गरेको थियो । १५ औँ मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा पछि पर्यो । त्यसपछि पनि बेल्जियमले ब्राजिलमाथि दबाब बनाइराख्यो ।

खेलको ३१ औँ मिनेटमा अर्को काउन्टर अट्याक गर्दै रोमेलु लुकाकुको पासमा केभिन डि ब्रुयनाले बेल्जियमको अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा ब्राजिलले सुधारिएको खेल प्रदर्शन गर्यो । बेल्जियमको बक्समा निरन्तर आक्रमण गरेपनि त्यसलाई गोलमा भने परिणत गर्न सकेन ।खेलको ७८ औँ मिनेटमा रेनाटो अगस्तोले फिलिपे काउन्टिहोको पासमा गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि पनि अगस्तोले गोल गर्ने अर्को सुन्दर अवसर गुमाए ।

त्यस्तै, फिलिपे काउन्टिन्होको प्रहार पनि पोष्टभन्दा निकै टाढा पुगेको थियो ।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका बेल्जियमका गोलकिपर थियाबट कोर्टवाले अन्त्यमा नेयमारको उत्कृष्ट प्रहार पनि बचाउ गरेका थिए ।ब्राजिलसँगै विश्वकपबाट सबै दक्षिण अमेरिकी टोली बाहिरिएका छन् ।क्वाटरफाइनलका बाँकी खेलमा पनि युरोपेली टोलीहरुबीच नै प्रतिस्पर्धा हुनेछ । स्विडेन र इङल्यान्डबीचको खेलको विजेता तथा क्रोयशिया र रसियाबीचको खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

स्विडेन र इङल्यान्डबीच शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, ११ बजेर ४५ मिनेट जाँदा सुरु हुने खेलमा आयोजक रसिया र क्रोयशिया भिड्नेछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।