0 COMMENTS

काठमाडाैं२१असार०७५/ नेपाली कामदारकाे माग जापानसम्म हुन थालेकाे छ । जापानले पछिल्लाे समय नेपाल सरकारलार्इ पत्र नै काटेर कामदारकाे माग गरेकाे हाे । दक्षिण काेरियामा जस्तै जापानमा समेत नेपाली कामदार पठाउन सरकारले कार्य योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्राेतले जनाएकाे छ ।

जापानबाट माग हुने दक्ष र अर्धदक्ष कामदार पठाउनका लागि परराष्ट्र मन्त्रालयले जापानी अधिकारीहरूसँग छलफल गरिरहेकाे जनाइएकाे छ । श्रम मन्त्रालयकाे रोजगार महाशाखा र परराष्ट्र मन्त्रालयको दक्षिण पूर्वी एशिया हेर्ने महाशाखाका अधिकारीहरुको संयुक्त टोली कार्ययाेजना निर्माण र अावश्यक वातावरण बनाउनमा जुटेकाे छ ।

केही समयअघि जापान सरकारले विदेशी कामदार भित्र्याउन ५ वर्षे भिषासहित ‘वर्क परमिट’ नीति ल्याउने घोषणा गरेकाे थियाे । त्यसलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार जापान पठाउन योजना बनाउन थालेको बताइन्छ । सरकारले नै जापानमा कामदार पठाउन संयन्त्र निर्माण गर्ने योजना अघि सारेकाे छ । हाल सरकारले दक्षिण कोरियामा मात्र इपिएसमार्फत नेपाली कामदार पठाउने कार्य व्यवस्थापन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।