0 COMMENTS

काठमाडौं२१असार०७५/ सरकारले बहुप्रतीक्षित धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको खबर आजको गोरखा पत्रमा छापिएको छ । धरहरा पुनःनिर्माणका लागि पाँचवटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।

समाचारका अनुसार धरहरा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर)मा छ वटा निर्माण कम्पनी प्रस्ताव पेस गरेका थिए, तीमध्ये पाँचवटा निर्माण कम्पनी छनोटमा परेका हुन् । प्राधिकरणका अनुसार, छनोट भएका कम्पनीहरूमा जेइक लामा जेभी, सीआर फाइभ सीईएस स्वच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईटीसी रमन जेभी र सीआईसीओ कालिका जेभी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।