0 COMMENTS

काठमाडौं१९असार०७५/  विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वेडन अन्तिम ८ मा प्रवेश गरेको छ ।

सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोश्रो हाफमा पनि नतिजा आफ्नो पक्षमा पार्न आतुर थिए ।

तर, खेलको ६६ औं मिनेटमा स्वेडनका फोर्सबर्गले प्रहार गरेको बल स्वीट्जरल्याण्डका खेलाडीको खुट्टामा छुँदै गोल भएपछि स्वेडनले एक शून्यको अग्रता लिएको थियो ।त्यसपछि पनि गोलका लागि निकै सुन्दर प्रहार गरेपनि स्वेडनले गोल भने गर्न सकेन । उता, स्वीट्जरल्याण्डले खेलमा आफ्नो कौशल भने प्रस्तुत गरेको थियो ।

निकै आक्रामक खेलेको स्वीट्जरल्याण्डले प्रहार गरेका सुन्दर बल स्वेडनका किपरले रोक्दा ६४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने स्वीट्जरल्याण्डको लक्ष्यमा स्वेडनले १-०को लगाम लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।