0 COMMENTS

काठमाडौं १९असार०७५/ जापानलाई पाखा लगाउँदै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।रुसको रोस्तोभ एरिनामा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियम ३-२ ले विजयी भयो । खेलमा अग्रता भने जापानले लिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुमै जापानले अग्रता लिएको हो । ४८ औं मिनेटमा गेन्की हारागुचीले टोलीका लागि पहिलो गोल गरेका हुन् ।

यसको ४ मिनेटपछि ताकासी ईनुईले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।२-० ले पछि परेको बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ६५ औं मिनेटमा मराउने फेलियानी र नासिर चाड्लीलाई मैदानमा छिराए ।

यसपछि बेल्जियमको प्रदर्शन सुधारियो । ६९ औं मिनेटमा यान भर्टोङ्गेनले एक गोल गरेपछि बेल्जियमको आशा पलायो ।७४ औं मिनेटमा सब्सटिच्युट खेलाडी फेलियानीले एक गोल थप्दै बेल्जियमलाई बराबरीसम्म पुर्‍याए । ईन्जुरी समयको अन्तिम मिनेटमा बेल्जियमले एक गोल थप्यो ।

काउण्टर अट्याकमा केभिन डे ब्रायन र थोमस म्युनिएरको उत्कृष्ट तालमेलमा चाड्लीले गोल गरेपछि खेलको केही सेकेण्ड मात्रै बाँकी छँदा बेल्जियम भाग्यमानी बन्यो ।जितसँगै बेल्जियम क्वाटरफाईनलमा पुग्दा कुनै समय २ गोलको अग्रता लिएर पनि पराजित टोली जापानको यात्रा भने टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।