0 COMMENTS

मानिसहरू जन्म दिनको निकै याद गर्छन् तर तिनै जन्म दिइनेको कहिल्यै सम्झना गरिदैन । यसै बिषयलाई लिएर सम्झनाका शब्दहरू कोर्न मन लाग्यो ।
हो त्यो दिन साँचिक्कै दर्दनाक पीडा दायी दिन थियो ।

हो त्यो दिन अस्पतालसम्म जान नसक्ने स्थिती वा वातावरण थियो । सायद बाबा जागिरे भई दिएको भए । म सुविधा सम्पन्न अस्पताल जान्छु, मलाई सुख सुविधा चाहिन्छ भन्नु हुन्थ्यो होला ।के गर्नु ? आमाको त्यो समय कस्तो थियो भने आफु मरेर पनि बच्चालाई बचाउनु पर्ने दायित्व थियो । मेरी आमा पनि त्यस्ती व्यक्ति हुनुहुन्थ्यो जो नखाएर पनि म अघाएकै छु ।

मेरो पेट टन्न भा छ भनेर सन्तोष व्यक्त गरी रहनु हुन्थ्यो । यही अवस्थामा आषाढ १४ गते मेरो जन्म भएछ । कसरी भयो ? कस्तो अवस्थामा भयो ? मैले त देखिन । तर आज आफैले भोग्नु पर्दा आमाको पिडा कस्तो हुदाँरहेछन् भन्ने जीवन्त अनुभव गर्न थालेकी छु । साँचिक्कै मेरो आमा सहनशील सुशील हुनु हुन्छ । आमाको प्रेरणाबाट मैले बाच्न सिकेकी छु । त्यो पीडा, त्यो दर्द (नौ दश) महिना सम्म पेटमा बच्चा बोक्नु अनि जन्माउने, हुर्काउने क्रम त्यो किसान वर्गको दुख बिहान ३–४ बजे उठनु ढिकी जातो गर्नु । ६ जना सन्तानको चित्त बुझाउनु अनि बाबाको मन पेट बुझनु त्यहि अनुसार व्यवहार गर्नु धन्य हुनु हुन्छ आमा हजुर ! आज मैले हजुरका ती अतित सम्झिन्छु मेरो मुटु दुख्छ, भतभति पोल्छ । के गर्नु यो हाम्रो अन्धो समाजमा छोरीले पराई घरमा जानु पर्छ । छोराले काजक्रिया गर्छ रे हो यिनै आमा आज त्यस पुख्र्यौली घरको पिढीमा आफ्नो बच्चाको पर्खाईमा यताउता मधुरो देख्ने गहभरी आँसु पार्दै त्यो मायाले भरिएको मुटुले कुन बाटो आउलान र कुन चाहि छोरा छोरीले आमा भन्लान भन्दै पिढी कुरेर बस्न बाध्य हुनु भाछ । हुन त मेरी आमाको ऐतिहासिक अतितलाई सम्झना गरी लेख्न थाल्यो भने धेरै समय नै लाग्ला तर हरेक छोराछोरीले के बुझन जरुरी छ भने आमाले हामीलाई आफ्नो हातको नङभित्र दिसा पस्दा वा रातभर त्यो पिसाबले भरिएको चिसो थाङ्गनामा सुत्नु पर्दा पनि कहिले आतिनु भएन बरु उहाँले छाती चुसाई हुर्काई बढाई पढाई ठूलो पारी २–४ पैसा कमाउन सक्ने सम्म बनाउनु भयो ।

त्यो २०–२५ बर्षसम्म खाई नखाई दुख अनि पिढीमा कहिल्यै त्यो बच्चा रुन पनि नदिई कन हुर्काएको सन्तानले आज मेरो फुर्सद छैन भन्छन् । आफ्नो छोराछोरीको ख्याल गर्नु पछर्, पढाउनु पर्छ भनेर पनि भन्दै छन । ती सन्तानले किन र कसरी भुल्न सक्छन, कति छिटो भुल्न सक्छन । ती बुढी आमा हाम्रो सेवामा छिट्टै बुढी अनि रोगी भाको भनेर आज पनि ती बुढी आमा आफुले दुख गरी डोकोमा ढुङ्गा माटो बोकी जंगलबाट काठ बोकी कमिलाले जस्तो गरी बनाएको भुकम्पले चिरा पारेको घर पानी पर्दा भाडाँ थापी काल पर्खन बाध्य छिन, मेरी बुढी आमा धेरै दर्द हुन्छ, धेरै मुटु दुख्छ । आमा छोरीको घरमा किन बस्न नहुने ? छोरी पनि त्यही कोखका सन्तान होइनन र ?
आखिर किन, किन, किन ?
९–१० महिना पेटमा पालेर २०–२५ बर्षसम्मको भोगाई यो आमाको ऋणको हिसाब चुक्त्ता गर्न सक्दैनन् कसैले । हो २०–२५ बर्षसम्म गरेको यो आमाको सेवा भुलेर आज पछि बनाइएकाको नाता श्रीमान अनि श्रीमतीले गर्दा सब बिर्से जस्तो गर्दछन छोराछोरीले बुढी आमाको आशा अनि पर्खाइलाई मनन गर्न जरुरी छ । अहिलेको जस्तो सुविधा आमाको समयमा भोग गर्न नपाइए पनि, क सम्म नपढेकी भए पनि, आमाले आज यहाँसम्म पु¥याउनु भाको छ । त्यो हामी सन्तानले भुल्नै नहुने कुरा हुन्छ । सबै सन्तानले भित्रैदेखि बुझनु पर्छ कि आज ती बृदा आमालाई हाम्रो आवश्यक्ता छ । आमा हाम्रो खोजीमा हुनुहुन्छ , हाम्रो मायाको खोजीमा हुनुहुन्छ । सबै आफ्ना सन्तानले छाडेर टाढाटाढा गएका छन् । त्यही पनि अब नाती नातीनीको मायामा भुल्न बाध्य हुनुहुन्छ । के थाहा ती बृदाआमालाई तीनीहरू पनि छाडेर टाढाटाढा जान्छन भनेर बीचरा आमा आई लभ यु (क्ष् ीयखभ थ्यग) मेरी आमा, साष्टङ्ग दण्डवत मेरी आमा । अन्तिममा के चहान्छु भने म अर्को जन्ममा पनि म मेरो आमा बाबा को नै छोरी भएर जन्म पाउँ ।
अन्त्यमा मलाई जन्माउने मेरी आमाको सु–स्वास्थ्य को कामना गर्दै मेरो जन्म दिनको शुभकामना मेरी प्राण भन्दा प्यारी आमालाई दिन चहान्छु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।