0 COMMENTS

काभ्रे१८असार०७५/  खेल सुरु भएको पहिलो मिनेट र चौथो मिनेटमा एक अर्कावीरुद्ध गोल गरेका डेनमार्क र क्रोएसियाको खेलको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै देशले गोल गर्न नसक्दा रुसमा जारी विश्वकप २०१८ मा एकै दिन दोस्रोपटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । नकआउट चरणमा आयोजक रुस र स्पेनबीचको खेलको निर्णय पेनाल्टीबाट भएर रुसले जितेको केही समयपछि सुरु भएको खेलको निर्णय पनि पेनाल्टीबाटै भयो र त्यसमा क्रोएसियाले डेनमार्कलाई विश्वकपबाट बाहिरको बाटो देखायो ।

खेलको पहिलो मिनेटमा डेनमार्कका म्याथिस ओर्गेन्सनले पहिलो मिनेटमै गोल गरेका थिए। त्यसको जवाफ क्रोएसियाका मारियो म्यान्डुजेको चौथो मिनेटमा नै बललाई जाली चुमाएर दिएका थिए। अतिरिक्त समयमा क्रोएसियाले पेनाल्टी पायो, जसलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले उत्कृष्ट बताउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म धकेले । पेनाल्टी सुटआउटबाट भएको निर्णय क्रोएसियाको पक्षमा गयो। जसमा डेनमार्क ३(२ ले पराजित भयो। जसमा क्रोएसियाका गोलरक्षक डानिजेल सुवेसिक नायक सावित भए ।

विश्वकपमा पेनाल्टी रोक्ने रेकर्डलाई बराबरी गरेका सुवेसिकले तीन पेनाल्टी रोकेका थिए । उनले सुरुमै पेनाल्टी प्रहार गर्न आएका डेनमार्कका क्रिस्चियन एरिकसनको प्रहार रोके। लासे स्कोनी र निकोलाइ जर्जेन्सनको प्रहार रोकेका थिए। यता, डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले क्रोएसियाका दुई प्रहार मात्र रोक्न सके र खेलको नतिजा सुम्पिए। उनले जोसेफ पिभारिक र मिलन बादेल्जको प्रहार रोकेका थिए। विजेता क्रोएसियाका तर्फबाट एन्ड्रिज् कर्मा्रिक, लुका मोड्रिक र इभान राकिटिकले पेनाल्टीमार्फत गोल गरे। डेनमार्कका लागि भने माइकल क्रोन दिल्ली र सिमोन कजाएरले मात्रै पेनाल्टीलाई गोलमा परिणत गरे । क्रोएसियाले क्वाटर फाइनलमा अब आयोजक रुससँग प्रतिस्पर्धा गर्ने भएको छ। उक्त खेल असार २३ गते हुनेछ ।

यसैबिच रुसका गोलकिपर आइगोर अकिनफिभ टिमका अन्य खेलाडीहरूसँग असार १७, २०७५ विश्वकप २०१८ को आयोजक क्वार फाइनलमा प्रवेश गरेको छ । सन् २०१० को विश्व विजेता स्पेनविरुद्ध सनसनीपूर्ण जीत निकाल्दै रुसले अघिल्लो चरणको यात्रा तय गरेको हो । रुसको जीतमा गोलकिपर आइगोर अकिनफिभ नायक बने ।

खेलको म्यान अफ द म्याच भएका उनले पेनाल्टी सुटआउटमा स्पेनका दुई पेनाल्टी रोके। जसको कारण पेनाल्टी सुट आउटमा खेलको नतिजा ४(३ ले रुसको पक्षमा गयो। रुसका गोलकिपरले पेनाल्टी सुटआउटमा स्पेनका कोके र इयागो असपासको पेनाल्टी रोकेका थिए। जसका कारण स्पेनको विश्वकप यात्रा नकआउट चरणमा पुगेर टुंगियो। रुस र स्पेनबीचको खेल निर्धा्रित ९० मिनेटमा बराबरीमा सकिएको थियो। निर्धा्रित ९० को पहिलो हाफमा दुवै देशले एक एक गोलको बराबरी खेले ।

खेलको सुरुमा स्पेनले रुसले दिएको आत्मघाती गोलमा अग्रता लिएको थियो। स्पेनले खेलको १२औँ मिनेटमा रुसका सेर्गेइ इग्नासेभिचले बल रोक्ने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए। त्यपछि पहिलो हाफ सकिनु केही पहिले रुसका लागि आर्टेन डिज्यूबाले गोल गरेर खेललाई बराबरीमा ल्याए। आर्टेनले ४१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। त्यपछि खेलमा रुसका गोलकिपरले केही राम्रा प्रहार रोकेका थिए ।

खेल निर्धारित समयमा बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गएको थियो। जसमा दुवै देशले गोल गर्न सकेनन् र खेल पेनाल्ट सुटआउटमा गयो। पेनाल्टी सुटआउटमा रुसका स्मोलोभ, इग्नासोभिक, चेरिसेभ र गोलोभिनले गोल गरे । स्पेनका इनेष्टा, पिके र कप्तान रामोस मात्र गोल गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।