0 COMMENTS

काठमाडौं१७असार०७५/ ढाल बनेर उभिएको रक्षापंक्तिको सहयोगमा रुसले स्पेनलाई निराश तुल्याउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ । निर्धारित र अतिरिक्त समयको खेल १/१ को बराबरीमा टुंगिए पछि खेल निर्णयार्थ टाइबे्रकरमा पुगेको थियो । टाइबेकरमा रुसले खेल ४ / ३ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

पेनाल्टीमा रुसका खेलाडीहरु डेनिस चेर्सेभ, अलेक्जेण्डन ग्लोभिन , सर्गेइ इग्नाभिच र फ्योडोर इस्मोलोभले गोल गर्न सफल हुँदा स्पेनको आन्द्रे इनिएस्टा , सर्जेइ रामोस , जेरार्ड पिकेले गोल गर्न सफल हुँदा कोके र इगो आस्पासले गोल गर्न असफल भएका थिए । घरेलु टोली रुसले समग्रमा ५ / ३ को नतिजा निकाल्दै क्वाटरफाइनलको यात्रा तय गर्दा २०१० को विश्व चाम्पियन स्पेन घर फर्कन बाध्य भएको छ । यसअघि निर्धारित र अतिरिक्त समयको खेल १/१ को बराबरीमा टुंगिएपछि खेल निर्णयका लागि टाइबे्रकरमा पुगेको थियो ।

आइतबारको पहिलो प्रिक्वाटरफाइनल खेलमा रुसले पछि परेको अवस्थालाई उल्टाउदै स्पेनविरुद्धको खेल १/१ को बराबरीमा उभ्याएको थियो । खेलको ११ औं मिनेटमा रामोसले गरेको फ्रिकिक प्रहार रुसका डिफेन्डर सेरगेइले बचाउन खोज्दा आत्मघाती गोल हुन पुगेको थियो ।

तर स्पेनले लिएको त्यो अग्रता रुसले ४१ औं मिनेटमा तोड्न सफल भएको थियो । स्पेनिस खेलाडी जेरार्ड पिके बल बचाउन खोज्दा हात लागेपछि पाएको पेनाल्टीलाई आर्तेम डेबुजाले गोलमा परिणत गर्दै खेललाई बराबरीमा उभ्याएका हुन् । आयोजक रुस रक्षात्मक खेलमा केन्द्रित हुँदा स्पेनको निर्धारित समयको खेलको प्रयास व्यर्थ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।