काभ्रे१७असार०७५/ गए राति रूसमा संन्चालन भइरहेकाे विश्वकप फुटबलकाे प्री-क्वार्टर फाइनल अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । भने फ्रसले अर्जेन्टिनालाई ४- ३ गोल अन्तरले हराएको हो । यस जीतका साथ उरुग्वेले र फ्रन्सले क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ ।
इतिहासमै पहिलोपटक नकआउट चरणबाट बाहिरिएको अर्जेन्टिना यसअघि १९६२ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्सले खेलको १३औं मिनेटमा फ्रान्सका ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सले अग्रता दिलाएका थिए ।
फ्रान्सका एम्बाप्पेले काउन्टरबाट लगेको बललाई रोक्न खोज्दा अर्जेन्टिनाका रोजोर्ले डी बक्स एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फ्रान्सले १-०को अग्रता लिएपछि अर्जेन्टिना दबाबमा आएको थियो । तर, खेलको ४० औँ मिनेटमा अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमा नै अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ४८ औँ मिनेटमा मेसीको एसिस्टमा मरकाडोले गोल गर्दै खेलमा अग्रता कायम गरेका थिए ।
तर, अग्रताको खुसी मनाउन नपाउँदै ५७ औँ मिनेटमा बेन्जामिनले दोस्रो गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका थिए । तर, फ्रान्स त्यतिमामात्रै सीमित रहेन, खेलको ६४ र ६८ औँ मिनेटमा बाम्पेले गोल गरेका थिए । अतिरिक्त समयमा अग्युरोले गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा ल्याएपनि जित निकाल्न सफल भएन र अर्जेन्टिना विश्वकपबाट बाहिरिन पुग्यो ।
यता उरुग्वेको एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गर्यो । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे ।
३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो । अब फ्रन्स र उरुग्वेको भेट जुलाई ६ मा हुनेछ ।
फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो ।