काठमाडौं१६असार०७५/ रुसमा जारी विश्वकप आजको खेलमा अर्जेन्टिनाको ३ गोल र फ्रान्सको ४ भएको छ। सेर्गियो अगुएरोले ९३ औँ मिनेटमा एक गोल हान्दा अर्जेन्टिनाको ३ गोल भएको हो ।
फ्रान्सले ४ गोल गरेका छन् । फ्रान्सको क्यालियन म्बप्पेले ६८ र ६४ औँ मिनेटमा गोल गरे ।अर्जेन्टिनाको एंजेल डी मारियाले ४१ औँ मिनेटमा एक गोल गरेका थिए , भने अर्को गोल गेब्रियल मर्काडोले ४८ औँ मिनेटमा गरेको थियो। फ्रान्सको एंटोनी ग्रिज़मानले १३ औँ मिनेटमा पेनाल्टीबाट एक गोल गरेको थियो। पुनः अर्को गोल फ्रान्सको बेंजामिन पावर्डले ५७ औँ मिनेटमा गरे ।
अर्जेन्टिना र फ्रान्सको खेल कज़ान एरिना स्टेडियममा भइरहेको छ । नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ ।
अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच भएको छ । अन्तिम आठको दौडमा ब्राजिल र मेक्सिको आमने सामने भएका छन् । काजान एसियामा नेपाली समय अनुसार पौने ८ बजे सुरु भएको खेलको प्रतिक्षा जोडका साथ रहेको छ । उपाधिको दावेदार मानिएका फ्रान्स र अर्जेन्टिना आमने सामने हुँदै गर्दा दुबै देशका फ्यानहरुको मुटु धड्किनु अस्वभाविक होइन ।
विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहने अर्जेन्टिनाको विश्वास देखिन्छ ।
समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो । निकै आलोचित बन्दै गएको अर्जेन्टिनाका निम्ति शनिबार फ्रान्स विरुद्ध जित निकाल्नु सोचे अनुरुप सजिलो पक्कै छैन ।
उता फ्रान्स भने समुह चरणको ३ खेलमै अपराजित रहेपनि २ खेलमा जित र १ मा बराबरी गर्दै अघि बढेको थियो । फ्रान्स समुह सिको समुह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो भने अर्जेन्टिना समुह डिको उपविजेता बन्दै अन्टिम १६ को यात्रा तय गरेको हो । पछिल्लो सयम यी दुईको भेट २००९ मा अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा भएको थियो, जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो ।