0 COMMENTS

काठमान्डौ १५असार०७५/ हरेक खाने कुराले हामीलाई एक न एक तर्फबाट फाईदा दिईरहेको हुन्छ । यस्तै खानामा यदि लसुन राखियो भने हरेक सब्जीको स्वाद २ गुना बढ्ने गर्दछ ।

लसुनलाई खानामा मात्र नभईकन स्वास्थ्यको लागि पनि निकै फाइदाजनक भनिएको छ तर काचो लसुन भन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् ।

बिशेष गरी पुरुषहरुको लागि भुटेको लसुन निकै नै फाइदाजनक रहेको छ । लसुनका केही फाइदाहरु यसप्रकार रहेको छ ।

१) अधिक स्टामिना: भुटेको लसुन स्वास्थ्यको लागि राम्रो मानिएको छ । यसमा लिसिन हुन्छ जसले शरीरको रक्त चाँपलाई सहि राख्ने गर्दछ ।

२) दातको दुखाई कम: यदि दातमा दुखाई छ भने लसुन राम्रो उपाय रहेको छ । भुटेको लसुनलाई पिसेर दातमा राख्नाले आराम मिल्छ र दुखाई कम हुन्छ । लसुनमा एन्टी बैक्टीरियल तत्व हुने गर्छ जसले दातमा भएको दुखाईलाई सिधा असर पार्ने गर्दछ ।

३) हर्मोन ब्यालेन्स: लसुनमा भएको ऐलीसिनले पुरुषको सेक्स हर्मोनलाई सन्तुलित राख्न मदत्त गर्दछ ।

४) पेटको रोग बाट टाढा: भुटेको लसुनले पेटसम्बन्धि रोगहरुबाट टाढा राख्ने काम गर्दछ । हरेकदिन भुटेको लसुन खानाले छातीमा हुने जलनका साथै पेटमा हुने रोगहरुबाट टाढा राख्ने काम गर्छ ।

५) रोग प्रतिरोधक क्षमता: भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्दछ । यसमा एन्टि बैक्टीरियल तत्व हुने गर्छ जसले चिसोबाट मात्र नभईकन थकानलाई पनि भगाउने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।