0 COMMENTS

काठमाडौं१५असार०७५/रुसमा जारी विश्वकप फुटबल २०१८ काे प्रथम चरण अर्थात् समूह चरणका सबै प्रतिस्पर्धा सकिएका छन् । र, दाेस्राे अर्थात नकअाउट चरणका १६ देशकाे विश्वकप यात्रा अविष्मरणीय रह्याे ।

विभिन्न देश र समयमा भएका विश्वकप छनाैट खेलबाट ३२ देश छानिएर विश्वकप भीडन्तका लागि रुस पुगेका थिए । विश्व फुटबलकाे सर्वाेच्च संस्था फिफाले ती ३२ टिमलार्इ ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई-दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समुह चरणबाट विजेता र उपविजेता भएर १६ टिम नकआउट चरणमा पुगेको हो । योसँगै अन्तिम १६ मा खेल टीमहरुको समिकरण पनि पुरा भएको छ। नकआउट खेल आगामी शनिबारदेखि सुरू हुने छ । प्रतियोगितामा पुग्ने टोलीहरू यस्ता छन्।

अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?
शनिबार (जुन ३०)
फ्रान्स भर्सेस अर्जेन्टिना (बेलुका पौने ८ बजे)
उरुग्वे भर्सेस पोर्चुगल (राति पौने १२ बजे)

आइतबार (जुलाइ १)
स्पेन भर्सेस रुस (बेलुका पौने ८ बजे)
क्रोएसिया भर्सेस डेनमार्क (राति पौने १२ बजे)

सोमबार (जुलाइ २)
ब्राजिल भर्सेस मेक्सिको (बेलुका पौने ८ बजे)
बेल्जियम भर्सेस जापान (राति पौने १२ बजे)

मंगलबार (जुलाइ ३)
स्वीडेन भर्सेस स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
कोलम्बिया भर्सेस इंग्ल्याण्ड (राति पौने १२ बजे)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।