0 COMMENTS

काभ्रे१५असार०७५/ रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सम्पन्न भएका छन । ३२ देश छनोट भएर रुस पुगेका थिए जसलाई फिफाले ८ समूहमा विभाजन गरेको थियो ।

प्रत्येक समूहबाट दुई दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । यसपालीको विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी भने अर्को चरणका लागि छनोट हुन सकेन । ग्रुप एफमा रहेको जर्मनी समूह चरणमा सबैभन्दा पुछारमा रहँदै घर फर्कन बाध्य भयो । उसलाई अन्तिम खेलमा दक्षिण कोरियाले पराजित गरेको थियो ।

यसरी डिफेन्डिङ च्पाम्पियन समूह चरणबाटै बाहिरिनुले धेरैले चासोका साथ जर्मनीतिर आँखा लगाए । यसपालिको आइसल्यान्ड जस्ता नवप्रवेशी देशहरूले विश्वकपमा धेरै राम्रो प्रदर्शन गरेका थिए ।

नकआउट चरणमा ग्रुप ए क. उरुग्वे ख. रसिया ग्रुप बी क. स्पेन ख. पोर्चुगल ग्रुप सी क. फ्रान्स ख. डेनमार्क ग्रुप डी क. क्रोएसिया ख. अर्जेन्टिना ग्रुप ई क. ब्राजिल ख. स्वीजरल्यान्ड ग्रुप एफ क. स्वीडेन ख. मेक्सिको ग्रुप जी क. बेल्जियम ख. इंग्ल्यान्ड ग्रुप एच क. कोलम्बिया ख. जापान रहेका छन । यो सँगै समुह चरणका खेल सम्पन्न भएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।