0 COMMENTS

काभ्रे १५असार०७५/विश्वकप फुटबल अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बेल्जियमले इंग्ल्यान्डलाई र ट्युनिसियाले पानामालाई पराजित गरेको छ ।

समूह जीको समूहचरणको अन्तिम खेलमा इंग्ल्यान्लाई १-० ले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको छ। लेनिनग्राद मैदानमा भएको खेलको एकमात्र गोल बेल्जियमका एडनान जानुजाजले गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा गोल गरेका हुन् । उनी खेलको म्यान अफ द म्याच घोषणा गरिएका थिए। इंग्ल्यान्डलाई पराजित गरेपछि बेल्जियमले समूहका तीनवटै खेल जितेर अर्को चरणमा प्रवेश गरेको छ ।
अब बेल्जियमले नकआउट चरणमा समूह एचको उपविजेता जापानसँग खेल्ने भएको छ भने समूह जी को उपविजेता इंग्ल्यान्डको भेट समूह एचको विजेता कोलम्बियासँग हुनेछ। समूह एचको अर्को खेल समूह चरणबाटै बाहिरिइसकेका ट्युनिसिया र पानामाबीच भएको थियो। जसमा ट्युनिसियाले पनामालाई २(१ गोल अन्तरले पराजित गरेको थियो ।

खेलको ३३ औँ मिनेटमा ट्युनिसियाका एसिनी मेरिहले आत्मघाती गोल गरेर पानामाको अग्रता बनाएका थिए। त्यसपछि भने पानामाले उक्त अग्रता रोक्न सकेन। ट्युनिसियाका लागि फकरेदिने बेन युसुफले ५१ औँ र वाहिव खजारीले ६६ औँ मिनेटमा गोल गरेका थिए ।
यसैबिच समूह एचबाट नकआउट चरणमा जाने दुई देशको टुंगो लागेको छ । समूह एचको अन्तिम खेलमा विजय हाँसिल गर्दै कोलम्बिया र अन्तिम खेलमा पराजित भएर पनि जापान नकआउट चरणमा प्रवेश गरेका छन् ।
कोलम्बिया समूह विजेता र जापान उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेका हुन्। बिहीबार भएको खेलमा कोलम्बियाले सेनेगललाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो। कोलम्बियाका लागि येरी मिनाले गोल गरे। उनले खेलको ७४ औँ मिनेटमा गोल गरेका हुन्। उनी खेलको म्यान अफ द म्याच घोषणा भए । यता जापान भने पोल्यान्डसँग एक शून्यले पराजित भयो ।

जापानविरुद्ध पोल्यान्डका लागि जन बेडनारएकले ५९ औँ मिनेटमा गोल गरे। पोल्यान्डले एक मात्र खेल जितेर तीन अंकमात्र जोडेर समूहचरणबाट बाहिरियो। उता जापानले भने एक खेलमा जीत र एकमा बराबरी खेलेर चार अंक जोडेको थियो ।

पोल्यान्डसँग भने जापान पराजित हुनपुग्यो। पोल्यान्डसँग जापान पराजित भएपछि उसको विश्वकप यात्रा टुंगिएको अनुमान गरिएको थियो। तर सेनेगलले पनि जीत हासिल गर्न सकेन। फलस्वरुप जापान र सेनेगलको समान ४ अंक भयो। दुवै टिमको गोल पनि बराबर भएपछी नकआउट चरण प्रवेश गर्ने टिमको टुंगो फेयर प्लेबाट लिइएको थियो। जसमा जापानले जित्यो। सेनेगलले बढी रफ खेल्नुको मूल्य चुकायो भने फेयर खेल्नुको फल जापानले पायो। अब नकआउट चरणमा जापानको भेट समूह जी को विजेता र कोलम्बियाको भेट समूह जी को उपविजेतासँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।