0 COMMENTS

काभ्रे१४असार०७५/विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित र्गयो भने र स्वीजरल्यान्डले कोस्टारिकासँग बराबरी खेल्दै नकआउट चरणमा स्थान पक्का गर्यो ।

ब्राजिल समूहमा एक खेल बराबरी र दुई खेलमा विजय हासिल गर्दै ७ अंक जोडेर समूह विजेता बन्यो भने स्वीजरल्यान्ड एक खेलमा विजय र दुई खेलमा बराबरी खेलेर ५ अंक जोड्दै समूहको उपविजेता बनेर नकआउट चरण प्रवेश गर्यो । ब्राजिलले सर्बियालाई २(० ले पराजित गरेको हो ।

ब्राजिलका लागि पाउलिन्होले ३६औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए। उक्त अग्रतालाई थियागो सिल्भाले ६८ औँ मिनेटमा दोब्बर बनाए। ब्राजिलका पाउलिन्हो म्यान अफ द म्याच भएका थिए। यता स्वीजरल्यान्ड र कोस्टारिकाको खेल २(२ को बराबरीमा टुंगिएको छ । स्वीजरल्यान्डका लागि ब्लेरिम डिजेमालीले ३१ औँ र जोसेफ ड्रिमिकले ८८औँ मिनेटमा गोल गरेका थिए ।

कोस्टारिकाका केन्डल वास्टनले ५६ औँ मिनेटमा गोल गर्दा अर्को गोल आत्मघातीका रुपमा उपहार पायो। स्वीजरल्यान्डका गोलकिपर यान सोमिरले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेका थिए। डिजेमाली खेलको म्यान अफ द म्याच घोषित भए। नकआउट चरणमा ब्राजिलले समूह एफको उपविजेता मेक्सिको र स्वीजरल्यान्डले समूह एफको विजेता स्वीडेनको सामना गर्ने भएका छन् ।

एसियाली देश दक्षिण कोरियाले विश्वकपमा ऐतिहासिक जीत हासिल गर्दा सन् २०१४ को विश्वकप विजेता जर्मनी विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको छ । जर्मनी समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २(० ले पराजित हुँदै बाहिरिएको हो ।
नकआउट चरणमा जान जर्मनीलाई जीत आवश्यक थियो तर समूह चरणका दुवै खेलमा पराजित भएको दक्षिण कोरियाविरुद्ध उसले एक गोल पनि गर्न सकेन । दक्षिण कोरियाले दुवै गोल कोरियाका इन्जुरी समयमा गरेको हो। पहिलो गोल किम युङगोनले थपिएको समयको तेस्रो मिनेटमा गरे भने दोस्रो गोल सङ हिउनमिनले थप भएको समयको छैठौँ मिनेटमा गोल गरेका थिए ।

जर्मनी सन् १९३८ पछि पहिलोपटक समूहचरणबाटै बाहिरिएको हो। यता सन् २००६ को विजेता इटाली सन् २१० को विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। त्यस्तै सन् २०१० को विजेता स्पेन सन् २०१४ को समूह चरणबाटै बाहिरिएको थियो । सोही क्रमलाई पछ्याउँदै सन् २०१४ को विजेता जर्मनी २०१८ को विश्वकपबाट बाहिरिएको छ।

यसैबिच समूह एफ बाट स्वीडेन र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन् । बुधबार साँझ भएको खेलमा मेक्सिकोलाई ३(० गोलले पराजित गर्दै स्वीडेन समूह चरणको विजेता बनेको हो। ।

मेक्सिकोलाई पराजित गर्ने क्रममा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औँ,एन्ड्रेस ग्रानभियस्टले ६२औँ मिनेटमा गोल गरेका थिए। ७४ औँ मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरे र खेल ३(० को अवस्थामा पुग्यो। समूह चरणमा समान दुई दुई खेल जितेका स्वीडेन र मेक्सिकोले ६(६ अंक जोडेका थिए ।

तर गोल अन्तरका आधारमा स्वीडेन समूह विजेता बन्न पुगेको थियो। अब नकआउट चरणमा स्वीडेनले समूह ई को उपविजेता र मेक्सिकोले समूह ई को विजेताको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।