0 COMMENTS

काभ्रे १३असार०७५/ काठमाडौंको बौद्ध माकलबारीमा अन्दाजी ३३ बर्ष उमेरका एक पुरुषको शव भेटीएको छ । सो शव खोलाको किनारमा निर्वस्त्र रुपमा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पुरुषको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको छ ।

बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् । मृतकको पहिचान खुलेको छैन । यसबारे अझै अनुसन्धान भईरहेको पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।