0 COMMENTS

काभ्रे१२असार०७५/  विश्वकप २०१८ का समूह ’ए’ र समूह ’बी’ का सबै खेल सम्पन्न भएका छन् । यी दुई समूहबाट नकआउट चरणमा पुगेका चार टिमको टुंगो लागेको छ ।

जसमा समूह ’ए’ बाट उरुग्वे र आयोजक रुस तथा समूह ’बी’ बाट स्पेन र पोर्चुगल नकआउट चरणमा पुगेका छन्। नकआउट चरणमा यी चार देश पुगेसँगै दुई नकआउट चरण समीकरण पूरा भएको छ ।

अब नकआउट चरणमा समूह ’ए’ को विजेताले समूह ’बी’ को उपविजेता र समूह ’ए’ को उपविजेताले समूह ’बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नकआउट चरणमा असार १६ गते उरुग्वे र पोर्चुगल भिड्ने भएका छन् भने असार १७ गते स्पेन र आयोजक रुसबीचको खेल हुनेछ। असार १६ गते हुने खेलको केन्द्रमा पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो र समूहका तीनवटै खेल जित्न सफल उरुग्वेका फरवार्ड लुइस सुवारेज हुनेछन् ।

त्यस्तै स्पेनको बलियो टिम र दर्शकको व्यापक समर्थन भएको टिम आयोजक रुसको भिडन्त पनि हेर्न लायक हुनेछ। दुवै खेलका विजेता क्वाटर फाइनलमा प्रवेश गर्नेछन्।यसैबिच समूह बी मा रहेको स्पेन शिर्ष स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको छ । समूहचरणको अन्तिम खेलमा मोरक्कोसँग २(२ को बराबरी खेल्दै स्पेन अघिल्लो चरण प्रवेश गरेको हो ।

स्पेन दुई पटक पछाडि परेको थियो। दुई पटक पछि परेको अवस्थाबाट कमब्याक गर्दै उसले बराबरी खेलेको हो। मोरक्कोका लागि खेलको १४ औँ मिनेटमा खालिद बाउतिवले अग्रता दिलाए। जसको जवाफमा त्यसको पाँचौ मिनेटमा अर्थात् १९औँ मिनेटमा स्पेनका इस्कोले बराबरी गोल फर्काए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ८१ औँ मिनेटमा मोरक्कोका युसेफ अल नेसरीले गोल गरे। जसको बराबरीमा स्पेनका आएगो असपासले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ द म्याच इस्को भए । समूह चरणमा पाँच अंक जोडेको स्पेन गोलका आधारमा समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।