0 COMMENTS

बिर्तामोड१०, असार ०७५/ मेची राजमार्गअन्तर्गत् झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा१ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे७प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक बुद्धशान्ति–४ बस्ने २४ वर्षीय लक्ष्मण खतिवडाको घटनास्थलमा नै मृत्यु भएको हो ।

टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार २५ वर्षीय साहिल शेर्मा घाइते भएका छन् । उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

टिपरले बुद्धशान्ति गाउँपालिका–३ बेसीचोकमा दिउँसो २ बजेतिर सोही दिशामा रहेको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिपरका चालक टिपर छाडेर फरार भएकाले टिपर नियन्त्रणमा लिइ चालकको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।