0 COMMENTS

पाँचथर०९असार०७५/ रूसमा जारी विश्वकप फुटबल प्रतियोगितामा जितहारकाे विषयलार्इ लिएर अात्महत्यासम्मका घटना नेपालमै पनि हुन थालेका छन् । शुक्रबार अर्जेन्टिनाको समर्थक रहेका पाँचथरका एक युवाले शुक्रबार यस्तै अात्महत्याकाे प्रयास गरेका छन् ।

याङ्वरक गाउँपालिकाको साविक थर्पु– ९ का ती युवकले अर्जेन्टिना हारेकाे झाेँकमा आत्माहत्याको प्रयास गरेकाे उनकै भाइले बताएका छन् । रामकुमार तावा नामका ती युवाले शुक्रबार दिउँसो करिव तीन बजेतिर अाफ्नै कोठामा डाेरीमा झुण्डिएर अात्महत्याकाे प्रयास गरेकाे घटना बाहिर अाएकाे हाे ।

सिलिङमा डाेरी टाँगेर झुण्डिएएकाे अवस्थामा रामकुमारलार्इ उनकै भाइ लक्ष्मण तावाले फेला पारेपाछि घटना हुनबाट बल्ल जाेगिएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी वामदेव गौतमका अनुसार रामकुमार सदरमुकाम फिदिमस्थित जिल्ला अस्पतालमा सामान्य उपचारपछि झापा रिफर गरिएको छ। उनलार्इ भाइले नै झुण्डिएकाे अवस्थामा फेला पारेका थिए, जब उनी अचेत अवस्थामा पुगिसकेकाले तत्काल अस्पताल लगिएकाे थियाे ।

रामकुमार अर्जेन्टिनाका फ्यान रहेकाे र अाफूचाहिँ चाहिँ ब्राजिलिकाे समर्थक रहेकाे भाइ लक्ष्मण तावाले बयान दिएका छन् । उनले दाजु रामकुमारलार्इ ‘अर्जेन्टिना हारिसक्यो, अब आज ब्राजिलले जित्छ’ भनेपछि शुक्रबार राम अाफ्नाे कोठामा पसेको र ढोका बन्द गरेका थिए । दाजुकाे मनमा खिन्नता पलाएकाे अाभास भएसँगै काेठाकाे ढोका खोलभन्दा नखोलिएपछि लात्ताले हानेर ढोका फोडेर भित्र पस्दा उनी झुण्डिसकेकाे अवस्थामा भेटिएको बयान लक्ष्मणले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।