काठमाडौं०९असार०७५/ रसियामा जारी विश्वकप फुटबलको समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरियाले जित हाँसिल गरेको छ । निर्धारित समयको खेलमा नाइजेरियाले आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका हुन् । उनले खेलको ४९ र ७५ मिनेटमा गोल गरेका हुन् । भोल्गोग्राड एरेनामा नेपाली समयअनुसार बेलुकी ८ः ४५ बजेबाट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्