0 COMMENTS

दमक, ८ असार ०७५/ झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ ।

दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सिकिएको जनाएको छ । दमक– ३ र ८ बाट लगत संकलनको माग थाल्ने निर्णय भएको आयोगका अध्यक्ष अम्बिका खनालले जानकारी दिनुभयो ।

अध्यक्ष खनालका अनुसार आयोगमा दमक–९ का ४०० तथा दमक–१० का ६२५ जनाले निवेदन दिएका छन् । उहाँले नगरका १० वटै वडामा भूमिहीनको लगत लिइने बताउनुभयो । “सबै निवेदनको अध्ययन गरी छानविन शुरु गछौँ,” खनालले भन्नुभयो । आयोगमा नगरपालिकासहित राजनीतिक दल, मालपोत र नापी कार्यालयका प्रतिनिधि समावेश गरिएको छ ।

दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली दुई वर्षभित्रमा आयोगले नगरभित्रको भूमि समस्या समाधान गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।