काठमाडौं०८असार०७५/ रसियामा जारी विश्वकप २०१८ समूह ‘डि’ को अन्तिम खेलमा अर्जेन्टिनाविरुद्व क्रोसियाले २ गोल गरेको छ ।क्रोयसियाका खेलाडी एन्टी रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए भने लुका मोड्रिकले ८० औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।
यसअघि खेलको पहिलो हाफमा अर्जेन्टिना र क्रोयसियाबीच गोलरहित बराबरी भएको थियो ।यता आफ्नो पहिलो खेलमा पनि अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने क्रोयसियाले नाइजेरियालाई पराजित गरेको छ ।अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नैपर्ने दवावमा अर्जेन्टिना रहेको छ ।अाजकाे हारले अर्जेन्टिनाकाे दाेस्राेचरणमा पुग्ने सम्भावना कमभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्