0 COMMENTS

काठमाडौं०७असार०८/ रसियामा जारी विश्वकप फुटबल अन्तर्गतको समूह ‘सी’ को दोस्रो खेलमा फ्रान्स विजयी बनेको छ । फ्रान्सले पेरु बिरुद्ध १–० गोल गर्दै विजयी बनेको हो । खेलको ३५ औँ मिनेटमा फ्रान्सका लागि बाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

यस खेलमा पेरुले आफ्नो विश्वकप यात्रा टिकाउनका लागि फ्रान्सलाई बराबरीमा रोक्न दबाब दिए पनि कुनै पनि गोल गर्न भने सकेन । फ्रान्सले यसअघि समुहको पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेको थियो । लगातार दुई जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरण प्रवेश गर्न सफल भयो । उक्त समुहमा डेनमार्कको ४ अंक भएको छ। फ्रान्सका लागि केलियन एम्बाप्पेले गरेको एकमात्र गोल निर्णायक बन्यो।

अर्जेन्टीना भर्सेस क्रोएसिया

विश्वकप २०१८ बाट विश्वकपको यात्रा सुरु गरेको नव टिम आईसल्याण्डसग समुहको पहिलो खेलमा बराबरी गरेको अर्जेन्टीनाले आज समुहको दोस्रो खेलमा क्रोएसिया विरुद्ध भिड्दैछ । पहिलो खेलबाट एक अंक बाँडेको अर्जेन्टीनाले विश्वकपको यात्रालाई अगाडि बढाउन पनि क्रोएसिया विरुद्ध जित निकाल्नु पर्ने आवश्यकता देखिन्छ ।

उपाधि दावेदार मानिएको अर्जेन्टीनालाई आजको खेलमा बढि तनाव हुने पक्का छ । तालिकाको तेस्रो स्थानमा छ । उता अर्जेन्टीनाको प्रतिद्धन्द्धी क्रोएसिया पनि आजको खेलमा जित निकाल्दै प्रिक्वाटर फाईनलको नजिक जान चाहन्छ ।

क्रोएसियाले आफनो समुहको पहिलो खेलमा नाईजेरियालाई दुई शुन्यको जित निकाल्दै तीन अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यी दुइृको भेट यसअघि तीन पटक भएको छ । दुई पटक अर्जेन्टीनाले जित्दा एक पटक क्रोएसियाले जितेको छ । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे निज्नीनोभगोरेड स्टेडियममा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।