0 COMMENTS

सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरू सँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा मानसिक एवं शारीरिक स्वास्थ्य वा सुख हासिल गर्न सकिन्छ । मानिसले नियमहरूमा बाँधिएर सहवास गरेको खण्डमा ऊ संस्कारी हुन्छ र विभिन्न बाधाव्यवधानहरूबाट मुक्त रहनसक्छ । पशुवत सहवासबाट जीवन नष्ट हुन्छ । झन् हिजोआज त मानिसको सहवास पशुको भन्दा पनि निकृष्ट तहमा पुगेको छ । सहवासमा सदाचारको अभाव छ, नियम एवं लज्जाको मर्यादा लत्याइएको छ ।

प्राचीन कालमा दम्पति हिजोआजजस्तो हरेक रात सहवासमा लिप्त रहँदैनथे । उनीहरूको सहवास सन्तानप्राप्तिको उद्देश्यले हुन्थ्यो । शुभ दिन एवं मुहूर्त हेरेर विधिपूर्वक सम्भोग गरी योग्य सन्तान जन्माउने प्रयास गरिन्थ्यो । वर्तमान समयमा गर्भ कतिखेर रह्यो भन्नेसम्म ज्ञात हुँदैन । बाँदर झैं भएर दिनरात सम्भोग गर्दै जाँदा कतिखेर कस्तो प्रकारको गर्भ रहन्छ भन्ने कुराको ख्याल नहुँदै गर्भ बसिसक्छ । कन्डोमको जमानामा सम्भोग सन्तानप्राप्तिको उद्देश्यले मात्र गरिँदैन, अनुशासन पालना गरिँदैन, केवल क्षणिक दैहिक सुखको मात्र ध्यान राखिन्छ ।

सहवास पतिपत्नीबीचको सम्बन्ध बलियो बनाउने प्रमुख आधार हो तर यो आधार प्रेममय हुनुपर्छ, कामवासनाले युक्त हुनुहुँदैन । वर्तमान समयमा यस्ता कुरा गर्ने व्यक्ति हाँसोको पात्र बन्दछ । कसैलाई पनि सहवासको नियम थाहा छैन र भए पनि वास्ता गरिँदैन । बरु पतिपत्नीइतरका सम्बन्ध राखिन्छ, सम्भोगका लागि विवाह कुरिँदैन, क्षणिक शारीरिक सुखको लागि मर्यादाको सबै हद पार गरिन्छ । आधुनिक युगमा संस्कार समाप्त भएको छ, छाडापन बढेको छ र मानिसहरूमा स्वार्थी भावना प्रबल हुँँदै गएको छ ।सहवासको प्राचीन नियम के कस्तो छ, त्यस कुराको जानकारी लिइराखौँ, पालना गर्दा लाभ होला, नगरे पनि केही छैन, जसरी चलेको छ त्यसैगरी चल्दै जाला । कुरा के हो भने यी नियम पालन गर्दा जीवनमा सुखशान्ति वृद्धि हुने कुराचाहिँ पक्का छ ।

पहिलो नियम: मानव शरीरमा पाँच प्रकारको वायु रहेको हुन्छ-प्राण, अपान, व्यान, समान र उदान । यी ५ वायुमध्ये अपान वायुको काम मल, मूत्र, शुक्र, गर्भ आदिलाई बाहिर निकाल्नु हो । शुक्र भनेको वीर्य हो अर्थात् अपान वायुको सम्बन्ध सम्भोगसँग हुन्छ । जब कुनै कारणवश यो वायुको गतिमा फरक आयो वा कुनै तरिकाले यो दूषित भयो भने मूत्रथैली एवं मलद्वारसम्बन्धी समस्या उत्पन्न हुन्छ । यसबाट सम्भोगको शक्तिमा पनि असर पर्छ । अपान वायु महिनावारी, प्रजनन एवं सम्भोग शक्ति नियन्त्रण गर्ने कारक हो । यसकारण यो वायुलाई शुद्ध एवं गतिशील बनाइराख्नका लागि आफ्नो पेटलाई स्वस्थ राख्नुपर्ने हुन्छ । यसका लागि उचित समयमा शौचादि कर्मबाट निवृत्त हुनुपर्छ ।

दोस्रो नियम: कामशास्त्रका रचयिता वात्सायनका अनुसार महिलाहरूलाई कामशास्त्रको ज्ञान हुनु अत्यावश्यक छ किनभने यस्तो ज्ञानको प्रयोग पुरुषहरूभन्दा महिलालाई बढी जरुरी हुन्छ । हुन त दुवैलाई यस विषयको पर्याप्त ज्ञान भयो भने इच्छित सुख प्राप्ति हुन्छ । वात्स्यायन भन्छन्-महिलाले विवाहअघि बाबुको घरमा र विवाहपछि पतिको अनुमति लिई कामशिक्षा लिनुपर्छ । वात्सायनका अनुसार महिलाले ओछ्यानमा वेश्याजस्तो व्यवहार गर्नुपर्छ । यसबाट दाम्पत्य जीवनमा स्थिरता कायम हुन्छ र श्रीमान् परस्त्रीप्रति आकषिर्त हुन पाउँदैनन् । महिलालाई यौनक्रियाको राम्रो ज्ञान भयो भने श्रीमान्लाई आफ्नो प्रेमपाशमा बाँधेर राख्न सजिलो पर्छ ।

वात्सायनका अनुसार कन्याले विश्वसनीय व्यक्तिबाट यौनक्रियाको ज्ञान लिन सक्छन् । यसका लागि आमा, सानिमा, फुपू, समान उमेरका विवाहित साथी जसले यौन आनन्द लिइसकेका छन् त्यस्ता अनुभवी आदिबाट शिक्षा लिनसक्छन् । शिक्षा दिने व्यक्ति स्पष्ट एवं मधुर बोलीवचन भएका हुनुपर्छ त्यसो भयो भने उचित शिक्षा मिल्छ ।

तेस्रो नियम: शास्त्रका अनुसार केही दिन त्यस्ता छन् जुन दिन कुनै पनि हालतमा यौनसम्बन्ध राख्नुहुँदैन । औंसी, पूणिर्मा, चतुर्थी र अष्टमी तिथि, आइतवार, मंगलवार, संक्रान्ति, पितृ पक्ष, नवरात्रि, साउन महिना तथा महिनावारीका समयमा समागम वर्जित छ । यो नियमको पालन गर्नाले घरमा सुखसमृद्धि, शान्ति एवं आपसी प्रेम बनिरहन्छ भने पालन नगर्दा गृहकलह, धनहानि एवं आकस्मिक दुर्घघनाको डर बनिरहन्छ ।

चौथो नियम: रातको पहिलो प्रहर यौनसम्बन्ध राख्न उचित समय मानिन्छ । यो समयमा गरिएको सम्भोगका कारण धार्मिक, सात्विक, अनुशासित, संस्कारवान्, आमाबाबुप्रति प्रेम राख्ने, यशस्वी एवं आज्ञाकारी सन्तानको जन्म हुन्छ । शिवको आशीर्वाद प्राप्त यस्ता सन्तान दीर्घायु एवं भाग्यशाली हुने कुरा शास्त्रमा बताइएको छ ।

पहिलो प्रहरपछि राक्षसगण पृथ्वीलोकको भ्रमणमा आउँछन् तसर्थ त्यतिबेला गरिएको सम्भोगबाट जन्मने सन्तान पनि राक्षसी प्रवृत्तिका हुन्छन् । यसबाहेक यस समयमा सम्भोग गर्दा शरीर रोगी हुन्छ । मानिस अनिद्रा, मानसिक क्लेश एवं थकानको सिकार हुनुका साथै भाग्यहीन हुन्छ ।

पाँचौँ नियम: कुनै दम्पतिलाई सन्तानका रूपमा छोरी मात्र छन् र छोरो चाहिएको छ भने के गर्ने त भन्ने सवालमा वात्सायन भन्छन्-महिलाले सदैव श्रीमान्को बायाँतर्फ सुत्नुपर्छ । केही समय बायाँ कोल्टे सुत्नाले दायाँ स्वर र दायाँ कोल्टे सुत्नाले बायाँ स्वर चालु हुन्छ । यस्तोमा दायाँतर्फ सुत्दा पुरुषको दायाँ स्वर चल्छ भने बायाँतर्फ दायाँ कोल्टे सुतेकी महिलाको बायाँ स्वर नै चालु हुन्छ । यस्तो अवस्थामा सम्भोग गरेर गर्भधान गर्दा इच्छित फल मिल्छ ।

छैटौँ नियम: आयुर्वेदका अनुसार महिनावारी भएका समयमा अथवा कुनै रोग वा संक्रमण भएको बेलामा सम्भोग गर्नु हुँदैन । अन्य अवस्थामा पनि संक्रमणबाट जोगिन यौनसम्पर्क राख्नुअघि स्वच्छतामा ध्यान दिँदै यौनांगहरू राम्रोसँग सफा गर्नुपर्छ । यौनांगमा कुनै प्रकारको घाउ, फोकाफोकी, वा बिबिरा आदि छन् भने यौनसम्पर्क राख्नु हुँदैन । प्राचीन समयमा यौनसम्पर्क राख्नुअघि र राखिसकेपश्चात् स्नान गर्नुपर्ने नियम थियो ।

सातौँ नियम : मित्रवत् व्यवहार नभएमा, यौनेच्छा नभएमा, रोग वा शोकका समयमा सम्भोग गर्नुहुँदैन । यसको मतलब श्रीमान्श्रीमतीबीच पनि कुनै दिन मित्रवत् व्यवहार छैन, मन उदास छ भने यौनसम्पर्क राख्न हुँदैन । मनमा वा घरपरिवारमा कुनै किसिमको शोक, तनाव वा चिन्ता छ भने पनि सम्भोग गर्नुहुँदैन । मन आनन्दित भएका बेला, दुवैमा उत्तिकै चाहना जागृत भएका बेला धर्मपूर्वक यौनसम्पर्क राख्नाले अनेक किसिमका लाभ पाइने कुरा शास्त्रमा उल्लेख छ ।

आठौँ नियम : पवित्र मानिएका वर, पीपल, शमी आदि रुखका मुनि, सार्वजनिक स्थान, चौतारो, चौबाटो, बगैँचा, मसानघाट, बधस्थल, अस्पताल, मन्दिर, ब्राह्मण, गुरु एवं अध्यापकको निवास स्थानमा यौनसम्पर्क राख्न वर्जित छ । कसैले यस्तो कार्य गरेमा अवश्य पनि उसले नकारात्मक परिणाम भोग्नैपर्ने हुन्छ ।

नवौँ नियम: नराम्री वा नराम्रो, दुश्चरित्र, अशिष्ट, अकुलीन, परस्त्री एवं परपुरुषसँग सम्भोग गर्नुहुँदैन अर्थात् आफ्नै श्रीमान् वा श्रीमतीसँग मात्रै सहवास गर्नुपर्छ । नियमविरुद्ध गएर कार्य गरे पछुताउनुको विकल्प रहँदैन ।

दसौं नियम: गर्भ रहेको बेलामा पनि सम्भोग गर्नु हुँदैन । यस्तो समयमा यौनसम्पर्क राखेमा सन्तान अपांग अथवा रोगी हुने सम्भावना बढ्छ । कुनै शास्त्रमा गर्भ बसेको २ देखि ३ महिनासम्म यौनसम्पर्क राख्न सकिने बताइएको छ तर पनि गर्भ रहेको ज्ञात भएपश्चात् सम्भोग नगर्नु नै बुद्धिमानी हुन्छ ।

एघारौँ नियम: शास्त्रका अनुसार सुन्दर, दीर्घायु एवं स्वस्थ सन्तानको चाहना हुनेले गण्डान्त, ग्रहण, सूर्योदय एवं सूर्यास्त, निधन नक्षत्रत्र, रिक्ता तिथि, दिन, भद्रा, पर्वकाल, औंसी, श्राद्धको दिन, गण्ड तिथि एवं नक्षत्र तथा आठौँ चन्द्रमा छोडेर शुभ मुहूर्तमा सम्भोग गर्नुपर्छ । गर्भधानका समयको गोचरमा श्रीमान् श्रीमतीको केन्द्र एवं त्रिकोणमा शुभ ग्रह, तेस्रो, छैटौं र एघारौं घरमा पापग्रह, लग्नमा मंगल, गुरु आदि शुभ ग्रहको दृष्टि एवं महिनावारीबाट समरात्रि भयो भने अवश्य पनि पुत्रप्राप्ति हुन्छ । यो समयमा पुरुषको दायाँ तथा महिलाको बायाँ स्वर चलेको हुनुपर्छ । पुरुषको दाहिने स्वर चलेको समयमा दाहिने अण्डकोष बढी मात्रामा वीर्य निष्कासन गर्दछ जसमा प्रशस्त पुलिंगी शुक्रकीट निस्कन्छ र पुत्र प्राप्ति हुन्छ ।

बार्‍हौँ नियम: महिनावारीपछिका पहिला ४ दिन गरिनेे सम्भोगले पुरुषलाई रोगी बनाउँछ । पाँचौँ रातको सम्भोगले छोरी, छैटौंले छोरा, सातौंले बाँझी छोरी, आठौंले ऐश्वर्यशाली छोरो, नवौंले ऐश्वर्यशालिनी छोरी, दसौंले अति उत्तम छोरो, एघारौंले सुन्दर तर शंकास्पद आचरण भएकी छोरी, बार्‍हौंले गुणवान् छोरो, तेर्‍हौँले चिन्ता बढाउने छोरी, चौधौं रात्रिको सम्भोगले सद्गुणी एवं बलवान् छोरो तथा पन्ध्रौँ रात्रिको सम्भोगबाट लक्ष्मीजस्ती छोरी प्राप्त हुन्छ । सोर्‍हौँ रातमा गरिने सम्भोगले सर्वज्ञ पुत्रको प्राप्ति हुन्छ भने यसपछिका रातमा गरिने सम्भोगबाट गर्भ बस्ने सम्भावना नै कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।