0 COMMENTS

काठमाडाैं०४असार०७५/ सामान्यतया वैशाख, जेठ र असारमा दूधको उत्पादन घट्ने गर्मीका कारण दूध र दूधजन्य पदार्थकाे खपत बढ्ने गर्छ । बर्सेनी यही प्रवृत्ति देखिने गरेकाले उद्योगीले बजार माग धान्न पाउडर दूधको उपयोग बढाएर बजार माग धान्ने गरेका थिए । यसपटक भने ठीक उल्टो भएको छ । किसान, उद्योगी र सरकारी कर्मचारीका अनुसार यो वर्ष दूधको उत्पादन घट्नुको साटो बढेको छ, उपभोग भने घटेको छ ।

किसानले गोठ र फार्ममा उत्पादन गरेको दूध अहिले बिक्री हुन छाडेको अाजकाे नयाँ पत्रिकामा मुख्य समाचार छ । त्यसैले, उनीहरूले संकलित दूध सडकमा पोख्न थालेका छन् । डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले १–२ दिन बिराएर मात्र उद्योगले दूध संकलन गर्नुपर्ने स्थिति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।