मिलन चाम्लिङ,२८जेठ०७५/ सुनसरीको ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा गएराती आगलागी भएको छ।इटहरी उपमहानगरपालिका ९ गोल्डेन चौकस्थित ईन्द्र बहादुर कार्कीको आफ्नै घरमा रहेको ईन्द्र फैन्सी स्टोरमा राती ११:३० बजे अचानक आगलागी भएको थियो।
आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा को २५ प ४९३२ नम्बरको स्कुटर जल्दा करिब दुई करोड पचास लाख बराबरको धनमाल क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ।आगलागी ईटहरी, ईनरुवा, धरान र दुहवीबाट पाँच वटा वारुणयन्त्रद्वारा नियन्त्रणमा लीइएकाे थियो।आगो कसरी लाग्नगयाे भन्ने बारे अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्