0 COMMENTS

भैरहवा २७जेठ०७५/ पछिल्लाे समय नेपालबाट सीमावर्ती भारतीय क्षेत्रमा प्रेट्राेलियम पदार्थकाे तस्करी बढेकाे छ । भैरहवास्थित सुनौली नाकाबाट दैनिक सरदर १२ लाख ४० हजार लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रिने गरे पनि यहाँका स्थानीय बजारमा सहजै पेट्राेल तथा डिजेल पाउन मुस्किल हुनथालेकाे छ ।

भैरहवा र सीमा क्षेत्रका अन्य बजारमा पेट्रोल–डीजलकाे हाहाकार हुनुमा भारत हुँदै भित्रिएको पेट्रोल उतै तस्करी हुनु मुख्य कारण रहेकाे छ । अहिले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम छ, त्यसैकाे फाइदा उठाउँदै बिहान भारतबाट अायात भएकाे पेट्राेल बेलुका उतैतिर तस्करी हुने क्रम बढेकाे छ । साप्ताहिक खबरपत्रिका हिमालले जनाएअनुसार नेपाल भित्रिएकाे तेल सस्ताे मूल्यकाे फाइदा उठाउँदै भारत तस्करी हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।