0 COMMENTS

काठमाडौं२६जेठ०७५/ सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रती ‘गोरे’ तथा नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीसहित ४ जनालार्इ काठमाडौं झिकाइने भएको छ। अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले आवश्यक छानबिन गर्न गोरे, निलम्बित एसएसपी खत्री, डेबिट भनिने छिरिङ वाङदा घले र भुजुङ गुरुङलाई काठमाडौं पठाउन कारागार व्यवस्था विभागलाई पत्र लेखेको हाे ।

शुद्धीकरण विभागले काठमाडौं झिकाएको मौका छोपेर गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले उनीहरुलाई छुट्टाछुट्टै र सामूहिक बयान लिने तयारी समेत गरेको छ । अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।