0 COMMENTS

 काठमाडौं,२६ जेठ०७५/ वरिष्ठ न्युरो सर्जन डा. उपेन्द देवकोटाको मृत्युका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलिएपछि अन्नत देवकोटाका परिवार र उपचारत बाँसबारी न्युरो अस्पतालले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गर्नुपरेको छ ।

गएराति अबेरदेखि सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा धेरै जनाले डा. देवकोटाको मृत्यु भएको स्टाटस र खबर प्रकाशित गरेका थिए । बाँसबारीस्थि न्युरो अस्पतालमा विगत केही समयदेखि उपचाररत डा. देवकोटाको मृत्युका बारेमा अस्पतालले समेत केही नबताएको अवस्थामा जिउँदो मानिसलाई मृत घोषणाले परिवारजन तथा अस्पताल स्वंय दुखित भएको विज्ञप्तीमा जनाइएको छ ।साथै विज्ञप्तीमा आधिकारिक सूचना नआउन्जेल अन्य सूचनामा विश्वास नर्गन पनि सबैमा अपिल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।