काठमाडौं २६जेठ०७५/ सविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् ।
फौजदारी अभियोग लाग्दासमेत सांसद निलम्बन नहुने नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली संसद बैठकले पारित गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबाहेक सबै सांसदको सहमतिमा नियमावली पारित भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्