0 COMMENTS

काठमाडाैं२५जेठ०७५ /कपन बाट सात तलेकाे बाटाे हुदै अाेहर दाेहर गर्ने कपन बासीले  साेच्ने  एउटै कुरा हाे अब कताकाे बाटाे भएर घर,अफीसअथवा स्कुल,कलेज अावत जावत गर्ने हाे ? यो सडक निर्माण चै कहिले सम्पन्न होला र आनन्दसँग घर अफीस गर्नपाइएला र अझै भन्ने हाे भने  कपन अावत जावत गर्नेहरू ले खाेज्ने भनेकाे दुइ बर्ष सम्मकाे  ठेक्का अबधी गुज्री सक्दा पनी ठेक्काकाे एक चाैथाइ काम सम्म नगरी कपनकाे नाका नै अबरूद्ध गराएर राख्ने  निर्माणकाे जिम्मा लीने कुन चै ठगदार परेछ ?

याे सडक नेपाल सरकार भाैतीक पूर्वाधार तथा यातायात मन्त्रालय मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभीजन सडक कार्यालय काठमाण्डाै-१ मिनभवन अन्तरगत ठेक्का नं DROKTM/337/494/072/73/091 रहेकाे बूढानिलकष्ठ नगरपालीका वडा नं १०काे सीमाना सात तल्ले देखी भंडारी गार्मेण्ट,अाकाशेधारा,बालुखाखानी सम्म  ३.८००कि.मी लम्बाइ ८ मिटर १/१मिटर फुटपाथ दायाँ,बायाँ रहेकाे उक्त सडक काे ठेक्का रकम रू २०३३८८३०१.९६  रहेकाे र  ठेक्का सम्झाैता मीती भने २०७३/०२/२३ देखी २०७५/०२/२२ दुर्इ बर्ष काे रहेकाे थीयाे ।अहीले सम्झाैता अबधी समाप्त भए पछि निर्माण कम्पनिले  पानी पर्दा पर्दै हतार हतार डाेजर लागाएर बाटाेमा अावत जावत गर्नै मुस्कील गरार्इ दियकाे छ । 

यो सडक निर्माण गर्ने जिम्मा लिएको अाफुलाइ देशकै नम्बर एक निर्माण कम्पनी दावी गर्ने शैलुङ कन्सट्रक्सनकाे हो ।यो सडकका विभिन्न भाग छुट्याएर अन्य निर्माण कम्पनीहरुसँग शैलुङ कन्सट्रक्सनले जोइन्टभेन्चर कम्पनीसँग सहकार्य गरे पनि मुख्य जिम्मेवार भने शारदा अधिकारीको शैलुङ कन्सट्रक्सन नै हो । अधिकारी यति शक्तिशाली व्यक्ति हुनकी उनले तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई घरमै बोलाई लन्च र डिनर मिटिङ गराए । अहिले पनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अधिकारीको खुमलटारको घरमा भाडामा बसेका छन् ।

शारदा अधिकारीको शैलुङ कन्सट्रक्सनले देशका बिभीन्न स्थानका मुख्य मुख्य सडकहरू नागढुङ्गा कंलकी सडक खण्ड, कलंकी नागढुंगा, यस्तै ललितपुरको ढोलाहिटी सुनकोठी चापागाउँ हुँदै लेले सडक, कमल विनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने बाटो, भक्तपुरको बिष्णु कुण्डली सिद्धीकाली सडकमा पनि शैलुङसँगै, वनस्थली बालाजुचौकी हुँदै बोहराटार सडकखण्ड, गोपीकृष्ण हलदेखि कपनसम्म धोबीखोला करिडोर निर्माणको काम पनि शैलुङ कन्सट्रक्सनले लिएको हाे ।

ठुलो राजनीतिक संरक्षण पाएका शारादा अधिकारीको कन्सट्रक्सन कम्पनिले कुनै काम समयमा पुरा गरेको छैन ।अधिकारीको शैलुङ कन्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको पाइप हालेपछि सडक पुर्नेदेखि सडक बनाउनेसम्म दर्जनौं ठेक्का पाएको छ । उपत्यकाका धेरै आयोजनको जिम्मा लिएको शैलुङले कुनै पनि आयोजना तोकिएको समयमा निर्माण सम्पन्न गरेको रेर्कड छैन र निर्माणकाे जिम्मा लीने र कामगर्न ढिलाइ गर्ने  ठेकेदारहरूलार्इ गृह मन्त्री रामबहादुर थापाले कारवाही गर्छु भनेर ठुलै स्वरमा चेतावनी त दिएकाछन तर याे सडक नीर्माणमाकाे सम्पन्न मिती गुज्री सक्दा पनी अझै अबराेध सृजना गरेर समय लम्बाउदै अालटाल गर्ने शैलुङ कन्ट्रक्सनलाइ के गर्नुहुन्छ याे भने हेर्नै बाकी रहेकाे स्थानीयहरू बताउछन।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।