0 COMMENTS

सकेसम्म त रक्सि नखाएकै बेस । रक्सि खाएपछि गरिने धेरै कामले तपाईको सम्बन्ध,जागिर तथा अन्य कुरा समेत भताभुंग हुनसक्छ । तेसैले सकेसम्म रक्सिको मात्रा मिलाएर आफ्नो शरीरले थेग्ने गरिमात्र खानुपर्छ वा रक्सि खाएको बेलामा तपाईलाई भविष्यमा हानी पुर्याउने काम नगर्नुहोस् । हामी तपाईंलाई यस्ता कार्यको बारेमा बताउदै छौ जुन रक्सि खाएको बेलामा नगर्नु राम्रो हुन्छ :

१. रक्सि खाएर गाडी नचलाउनुहोस् , ज्यान नै जान सक्छ ।

२. रक्सि खाएर अनलइनमा फोटो अपलोड नगर्नुहोस्, बेहोसी तालमा तपाईले गर्नै नहुने फोटो अपलोड हुनसक्छ ।

३. कसैलाई जिस्काउने,होच्याउने नगर्नुहोस्, नशा उत्रिए पछि आफैलाई लाजमर्नु हुन्छ ।

४. प्रेमी /प्रेमिका वा पूर्व प्रेमी /प्रेमिकासँग कुरा नगर्नुहोस्, यसले सम्बन्ध बलियो बनाउनुको सट्टा झन् बिगार्छ ।

५. अफिसका काम रक्सि खाएर कहिल्लै नगर्नुहोस्, रक्सि खाएर गर्न खोज्दा काम बन्नुको सट्टा झन् बिग्रिन सक्छ ।

६. साथी होस् वा तपाईलाई मन परेको यक्तिहोस् रक्सि खाएर म्यासेज नगर्नुहोस्, येस्तोबेला लेखिएको म्यासेजले आफैलाई हानी पुर्याउन सक्छ ।

७. नशाको सुरमा झगडा नगर्नुहोस्, कहिल्लै फाइदा पुग्दैन ।

८. रक्सि खाएर  अग्लाे ठाउ तथा खाेलाकाे छेउछाउमा गएर सेल्फी नखीचाै, लढीन सक्छ ।

९.रक्सि खाएकाे बेला कम बाेल्ने गराै,धेरै बाेल्दा नखाएकाहरू लाइ झर्काेलाग्ने सक्छ  ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।