0 COMMENTS

काठमाडौँ, २५ जेठ०७५/नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् । 

सरकारले लगातार रुपमा मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत मुलुकका सबै क्याम्पसअगाडि विरोध प्रदर्शन गर्नुपरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभयो । 

“पेट्रोलियम पदार्थमा भएको पटक÷पटकको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ,जनजीविका अत्यन्तै कष्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो,”–उहाँले भन्नुभयो । 

यस्तै नेविसंघले जेठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पस अगाडि सरकारी तथा संस्थानका सवारी साधन गुड्न नदिने कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।