0 COMMENTS

काठमाण्डाै२४जेठ०७५/ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँचजना खेलाडीले राज्यविरुद्धको अपराधको मुद्दामा बिहीबार विशेष अदालतबाट सफाइ पाएका छन्।अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलार्इ सफाइ दिने फैसला सुनाएको हो।

सफाइ पाउनेमा सागरसँगै पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्री छन्। उनीहरुलार्इ प्रहरीले २०७२ कार्तिकमा म्याच फिक्सिङ गरेको ठहर गर्दै जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको थियो।

पक्राउ परेका उनीहरु धरौटीमा रिहा भएका थिए। अदालतले प्रशिक्षक अन्जन केसी र गोलकिपर रितेश थापासँग ५ लाख तथा निलम्बित कप्तान सागर थापसँग १ लाख ५० हजार र अन्यलाई ५० हजार धरौटी माग्दै छाडेको थियो।

यद्दपी उनीहरुलाई फिफाले भने आजीविन प्रतिबन्ध लगाएको छ। यता, अन्जन केसी भने खेलमा अबैध सट्टा लगाएको आरोपमा केही अघिमात्रै पुनस् पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।