मिलन चाम्लिङ,२३जेठ०७५/ बिगत लामो समय देखि नेपाली चलचित्र जगतमा नेपाली चलचित्रको पटकथा लेख्दै आएको सरोज केसी निर्देशन तिर हात हालेको छ ।
भर्खरै केसीको निर्देशनमा तयार भएको हिमालैमा बोलको पुर्बेली लोक गितको भिडियो सङ्स नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको छ। पुर्बको पर्यटकीय क्षेत्र तमोर नदिको किनार तमोरघाट र नाम्जेमा छायांकन भएको उक्त गितको शब्द संगित मदन बनेमको छ।स्वर राजकुमार कालिकोटे र श्रेशी चेम्जोङले दिएको छ। एरेन्ज कुन्दन राइको रहेको छ भने भिडियो छायांकन सुमन योन्जन र मोती सिग्देलको संयुक्त रहेको छ । सम्पादन हेमन योन्जन र अभिनय जगदीश केसी,दिपेन हुक्पाचोङ्बाङ,निशा बनेम र बन्दिका सुब्बाको छ निर्देशन भने सरोज केसीको रहेको छ।
प्रतिक्रिया दिनुहोस्