0 COMMENTS

काठमाडौँ२२जेठ०७५/ देशमा भाषा तथा साहित्य, कला र नाटक तथा संगीत विधाको विकासका लागि तीन प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल लतिलकला पत्रकार समाजले साेमबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले फरकफरक विधाको सूक्ष्मरुपमा अध्ययन तथा अनुसन्धानका लागि ती संस्थालाई एकीकरण गर्न नहुने सुझाएका हुन् ।

सरकारले बजेट सार्वजनिक गर्दा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानलाई एकीकरण गरी खर्च मितव्ययी गर्ने जनाएको थियो ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले ती संस्थाको स्वायत्तताका लागि तीनवटै प्रतिष्ठानका पदाधिकारीबीच सहमति रहेको बताउँदै आफूहरुले सामूहिकरुपमा प्रधानमन्त्रीलाई भेटेर त्यसको महत्वका विषयमा चाँडो जानकारी गराउने बताउनुभयो ।

जनसांस्कृतिक महासंघका अध्यक्षद्वय खगेन्द्र राई र सरल सहयात्रीले ती संगठनको आफ्नै विशेषता रहेको भए पनि देशभर सशक्त तथा प्रभावकारीरुपमा कार्य गर्न नसकेकाले सरकारले गरेको एकीकरणको निर्णयलाई सकारात्मकरुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापालगायतले कार्यक्रम र उद्देश्य नै एकापसमा फरक रहेको हुँदा संस्थालाई सैद्धान्तिक र व्यावहारिकरुपमा अलग राखेर सशक्त बनाउनुपर्ने बताउँदै त्यसका लागि सरोकारी पक्षका बीच एकताको खाँचो रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।