0 COMMENTS

काठमाडौं २१जेठ २०७५/  नेपालमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ ।

नेपालका डाडाँकाडाँमा केबलकार सञ्चालन गर्न अनुमति माग गर्दै भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयमा आवदेन दिने कम्पनीको संख्या २४ वटा पुगेको छ ।

यी २४ वटा कम्पनीमध्ये एउटै स्थानमा अनुमति माग्नेदेखि फरकफरक स्थानमा केबलकार सञ्चालन गर्न माग गर्ने कम्पनी एक पछि अर्को गर्दै धमाधम मन्त्रालय थाउन थालेका छन् ।

मन्त्रालयका अनुसार सरकारले केवलकार सञ्चालन गर्ने कार्य विविध बनाउने भन्दै दुई वर्षदेखि अनुमति रोकेको छ । तर, आवदेन दिने र केवलकार सञ्चालन गर्न चाहनेको संख्या भने बढिरहेको मन्त्रालयका सीडीई ध्रुव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस अघि नै कार्याविधि बनाएर तयार पारिएकोे भएपनि हालसम्म सरकारले स्वीकृति भने दिएको छैन । अब केवलकार सञ्चालन ऐन बनाएरै जाने तयारी भइरहेको छ ।

संघीय सरकारले केवलकारलाई कानूनी आधार बनाएर अनुमति दिने र नियमन गर्न खोजिरहेको भएपनि संविधानले भने स्थानीय निकायलाई नै शुल्क तोक्ने र रोयल्टीको लिने अनुमति दिएको छ ।

संविधानले दिएको अधिकार प्रयोग गरेर स्थानीय निकायले भने पर्यटकीय नविन गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्न पाउने आफ्नो अधिकार रहेको भन्दै केवलकारलाई अनुमति दिन थालेका छन् ।

दुई साता अगाडि पाथिभरा केवलकारलाई स्थानीय निकायले अनुमति दिएको छ । तर, केन्द्रीय सरकारले भने दुई दर्जन केवलकारलाई सञ्चालन अनुमति रोकेर राखेको छ ।

सञ्चालनमा आएको तीन दशकपछि राष्ट्रियकरण हुने निर्देशिकाको नयाँ व्यवस्थाका कारण केबुलकार दर्ता हुन नसकेको र अनुमति पाउन नसकेको उल्लेख छ । केबलकार दर्ताका निम्ति मन्त्रालयका वातावरणीय प्रभाव मूल्याक गर्ने, प्रारम्भिक अनुमति माग्ने तथा निर्माण अगाडि बढाउने भन्दै २४ वटा कम्पनीले आवदेन दिएको श्रेष्ठले बताए ।

मन्त्रालयले अनुमति दिएको अवस्थामा नेपालका अग्ला डाँडा र मन्दिर सबै स्थानमा केवलकार सञ्चालन हुने अवस्था देखिएको छ । सरकारले कार्यविधि बनाएर मात्रै अनुमति दिन खोजेको उल्लेख छ ।

नेपालमा मनाकामना केबलकार सञ्चालमा आएको डेढ दशकपछि चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । यसपछि पोखरामा अन्नपूर्ण केबलकार, दोलखामा कालिञ्चोक दर्शन केबलकार, ताप्लेजुुङमा पाथिभरा केबलकार सञ्चानलको लागि आवश्यक पूर्वाधारमा जुुटेका छन्

मन्त्रालयसमक्ष केबलकार निर्माणको चरणमा रहेको भन्दै आवेदन दिनेमा पाथिभराको त्रिवेणी केबलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शन, त्रिवेणी केबलकार छन ।

मन्त्रालयमा अनुुमति माग्ने मौलाकालिका डेभलपमेन्ट, त्रिवेणी केबलकार, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी गोसाइकुुण्ड केबलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबलकारसहितका कम्पनी छन् । यी कम्पनीले अनुमति माग गरिरहेको र केही भने निर्माणाधिन रहेकोलेअ अनुमति दिएलगत्तै केवलकार ओइरिने उल्लेख छ ।

नेपालको भूबनोट अनुसार केवलकार सञ्चाल हुनु राम्रो भएपनि एउटै स्थानमा हुने प्रतिस्पर्धा तथा अस्वस्थ प्रतिस्पर्धा रोक्न पनि कार्यविधि आवश्यक परको भौतिक मन्त्रालयको भनाइ छ ।

कुन केवलकारले कहाँको लागि अनुमति मागे ?

क्रम संख्या                                              कम्पनीको नाम केवलकार सञ्चालन स्थान
१ त्रिवेणी केवलकार                                -पाथीभरा मन्दिर
२ हिमाल दर्शन                                          -पाथीभरा मन्दिर
३ पाथीभरा देवी दर्शन                                — पाथीभरा मन्दिर
४ लिक सेवा                                                 -भक्तपुरको सूर्यविनायक
५ त्रिवेणी केवलकार                                        -बुढानिलकण्ठ–शिवपुरी डाँडा
६ मौलाकालिका डेभलपमेन्ट देविघाट           –मौलाकालिका
७ दिव्य दर्शन मुक्तिनाथ मन्दिर,                     -स्वार्गद्वारी र पाथिभरा

८ वीपी नगर रोपवे                                               – डोटी
९ घ्याम्पेफेदी केवलकार घ्याम्पेफेदी                –गोसाइँकुण्ड
१० इलाम पाथीभरा दर्शन                                – पाथीभरा
११ सर्वसिद्धथाम                                              -पन्चकोट बाग्लुङ
१२ सगरमाथा रोपवे लुक्ला                                 –नाम्चे
१३ नागार्जुन केवलकार बोहोराटार                     –नागार्जन डाँडा
१४ मुक्तिनाथ दर्शन पोखरा                                –मुक्तिनाथ
१५ मौलाकालिका दर्शन रानीताल                         –मौलाकालिका
१६ मौलाकालिका केवलकार रानीताल                    –मौलाकालिका
१७ स्वर्गद्वारी दर्शन घण्टीखोला                          –स्वार्गद्वारी मन्दिर
१८ सिद्देश्वर पर्यटन सहकारी गोदावरी                   –फुल्चोकी
१९ युवा जागरण पर्यावरणीय मन्च गोदावरी          –फुल्चोकी
२० मनकामना दर्शन कास्की                                  –पुम्दिी भुम्दी
२१ अन्नपूर्ण केवलरका कास्की                               –सराङ्कोट
२१ सिद्धार्थ केवलकार बुटवल                                   – दोभान
२२ काठमाडौं फनपार्क थानकोट                                – चन्द्रागिरी
२३ कालिन्चोक दर्शन कुरी                                         –कालिन्चोक
२४ सांग्रिला केवलकार चरीकोट                                    –कुरी
तथ्यांक स्रोतः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।