0 COMMENTS

मिलन चाम्लिङ,धरान२१जेठ०७५/ धरान प्रज्ञा प्रतिष्ठान धरान उपमहानगरपालिकाको आयोजनामा धुलिखेल सेवा समाजको भवनमा भएको प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ।प्रतियोगितात्मक कविता गोष्ठिमा धरान शिर्षक राखेर धरानका सामाजिक ,साकृतिक,धार्मिक,भौगोलिक,पहिचान र पर्यटकीय महत्त्वलाई केन्द्रीत गरेर कविता लेख्नु पर्ने थियो । जस मध्ये सहभागी बैसठ्ठी कबिताबाट निर्णायक मण्डलले प्रहिलो चरणमा बत्तीस कविता छनोट गरि क्याम्पस स्तरीय नौ वटा र बिधालय स्तरीय तेईस वटा छनोट भएको थियो।

क्याम्पस स्तरीय नौ वटा कविता मध्ये महेश अधिकारि पिण्डेश्वरी संस्कृत बिधालयबाट प्रथम,पुजा खतिवडा महेन्द्र बहुमुखी क्याम्पसबाट द्दितिय,उमेश परियार महेन्द्र बहुमुखी क्याम्पसबाट तृतीय र पिताम्बर अधिकारी पिण्डेश्वरी संस्कृत बिधालयबाट सान्त्वना भएको छ।भने बिधालय स्तरीय तेईस कविता मध्ये अप्सरा खत्री ज्वालामुखी माध्यमिक बिधालयबाट प्रथम,नितेस लिम्बू एम्स माध्यमिक बिधालयबाट द्दुतिय,आस्था श्रेष्ठ बिष्णु मेमोरियल बिधालयबाट तृतीय र अभिलाषा दाहाल समिट माध्यमिक बिधालयबाट सान्त्वना भएको थियो ।

बिजेताहरु प्रथम द्दितिय तृतीय र सान्त्वनालाई क्रमश नगद पन्ध्र हजार,दस हजार पाँच हजार र तीन हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छ ।प्रतियोगितात्मक कविता गोष्ठीमा प्राध्यापक डाक्टर भिम खतिवडा,प्राध्यापक डाक्टर गोपाल भण्डारी र वरिष्ठ कबि बम देवानले निर्णायकको भुमिका निभाएको थिए ।बिजेतालाई बधाई दिदै सम्पुर्ण सहभागी कवितालाई धन्यवाद दिदै आगामी बर्षमा पनि यस्तै उपस्थितिको आशा गरेको सभापति धरान प्रज्ञा प्रतिष्ठानको अध्यक्ष अम्बिकाकुमार सम्भाफेले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।