0 COMMENTS

मिलन चाम्लिङ,धरान२१जेठ०७५/  १३ औं छुवाछुत मुक्त राष्टिय दिवस आज ०७५ जेष्ठ २१ गते धरान उपमहानगरपालिका, दलित विकास समितिको आयोजनामा उपमहानगरपालिका कार्यलयबाट चतरालाई, छाताचौक, महेन्द्रपथ हुँदै भानुचौकमा कोण सभा गरी सम्पन्न भएको छ ।

दलित विकास समितिका सदस्य तथा छुवाछुत मुक्त राष्टिय दिवस कार्यक्रमका संयोजक धनबहादुर धमालको सभापतित्वमा दलित विकास समितिका संयोजक किशोर परियाले स्वागत मन्तव्य राख्नु भएको थियो भने धरान उपमहानगरपालिका उपप्रमुख मञ्जु भण्डारीले धरान नगर सरकारको तर्फबाट सम्बोधन गर्नु भएको थियो ।

र्याली (प्रभातफेरी) तथा सभामा १ नम्बर प्रदेश सांसद उमिता बराईली, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, दलित सेवा संघका केन्द्रीय सहअध्यक्ष रमेश गजमेर, दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदाम, परियार सेवा समाजका केन्द्रीय सदस्य लक्ष्मण दास, विश्वकर्मा समाज नेपाल १ नम्बर प्रदेशका संयोजक लालबहादुर सिन्च्यूरी, महिला सञ्जाल धरानकी अध्यक्ष शीला बज्राचार्य लगायत धरान उपमहानगरपालिकाका १ देखि २० नम्बर वडाका जनप्रतिनिधिहरु, नेपाली काँग्रेस, राप्रपा, नेकपा (नेकपा), दलित सेवा संघ सुनसरी जिल्ला समिति, धरान नगर समिति, परियार सेवा समाज सुनसरी जिल्ला समिति तथा धरान नगर समिति, उत्पीडित महिला सशक्तिकरण अभियान, दलित महिला सञ्जाल धरान, श्री विश्वकर्मा कल्याण सेवा समिति धरान, मिजार सेवा समाज, मरिक (डोम) सामुदायिक उत्थान मञ्च, दलित विकास समिति धरान १७ सरस्वती टोल कमिटी लगायत विभिन्न ३५ वटा संस्थाहरुको आ आफ्नो ब्यानरसहित भएको सहभागीका रहेको थियो ।

नौमती बजासहित नगर परिक्रममा गरिएको प्रदर्शनी तथा सभामा धरानका दलित तथा गैरदलित समुदायका करिब १ हजारको संख्यामा सहभागिता रहेको थियो । विहान ६ बजेदेखि धरान उपमहानगरपालिका परिसरमा भएको भेला र ठिक ७ बजे शुरु भएको र्याली ७ः३० बजे भानुचौक लौकतान्त्रिक चौतारीमा ८ बजे सम्पन्न भयो । सभाको सञ्चालन दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले गर्नुभएको थियो भने र्यालीको व्यवस्थापन खगेन्दै नेपालीको संयोजकत्वमा, पम्प्लेट वितरण लिला शंकरको नेतृत्वमा, प्रचार प्रसार किशोर परियारको संयोजकत्वमा, मञ्च व्यवस्थापन डिल्लीराम शिवाको नेतृत्वमा र चकलेट वितरण सकुन्तला भुषाल र लक्ष्मी लकान्द्रीको नेतृत्वमा सम्पन्न भएको थियो ।

सभामा सम्बोधन गर्दै धरान नगर उपप्रमुख मञ्जु भण्डारीले नेपालमा जातीय आधारमा भेदभाव गर्नु हुँदैन भन्ने चेतनाको विकास नहुँदा कहिँ कतै त्यस्ता घटना हुने गरेकोले सबै वडा वडामा जनचेतनामुलक यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो । धरानमा कहिँ कतै जातीय छुवाछुत तथा विभेदको घटना भए उपमहानगरपालिकाको न्यायिक समितिमा तत्काल उजुरी गर्न वा नजिकको प्रहरी कार्यालयमा घटना दर्ता गराउन र भेदभाव गर्नेलाई कानुन बमोजिम कार्बाही गर्ने प्रतिवद्धता गर्नु भएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार २५ हजारसम्म जरिवाना र ३ वर्षसम्म जेल सजाय हुनेछ । नेपाल २०६३ जेठ २१ गते छुवाछुत मुक्त राष्ट घोषणा भएको हो । त्यसपछि जो सुकैले जातीय भेदभाव तथा छुवाछुत गरेमा कार्बाही हुन्छ । यहि सन्देश प्रवाह गर्न धरान उपमहानगरपालिका दलित विकास समितिले १३ औं छुवाछुत मुक्त राष्टिय दिवस सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।