हिन्दूधर्म दर्शनले गाईलाई आमाको दर्जा दिन्छ । गाईको पूजालाई हिन्दू धर्मले विशेष महत्व दिन्छ । प्राचिनसमय देखि नै अन्य पालतु पशुहरुमा गाईको तुलना महत्व धेरै छ । गाईलाई नेपालको संविधानलेसमेत राष्ट्रिय जनावरको रुपमा लिइएको छ । थाहा पाउनुस् गाईलाई हिन्दूधर्ममा किन आमाको दर्जामा राखिएको छ ?गाईलाई किन श्रेष्ठ पशुमा राखिएको छ ?
गाईको धार्मिक एवं पौरणिक महत्व
हिन्दू धर्म दर्शन अनुसार गाईलाई माताको रुपमा पूजा यसकारण गरिन्छ कि गाईमा सवै देवता निवास गर्छन् ।
त्यस्तै प्रकृतिको कृपा पनि गाईको सेवा गर्नुमा नै मिल्छ ।
भगवान शिवका वहान नन्दी(साढे), भगवान इन्द्रसँग समस्त मनकामना पूर्ण गर्नेवाला गाई कामधेनू, भगवान श्री कृष्ण गोपाल हुनु एवं अन्य देवीको रुपमा गाईमा देख्नुले पनि गाई पूज्य बनाएको छ । भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।
मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगां लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ ।
गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् । सवै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ ।
प्रचिन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका छन् ।
गाईको आर्थिक महत्व
प्राचीन कालमा त व्यक्तिको समृद्धि सम्पन्नता गाई धन वा गाईको संख्याबाट आकलन गर्ने गरिएको थियो । जो सँग जति धेरै गाईको संख्या छ उ त्यति नै धनी हुने मानिथ्यो सवै कर्मकाण्ड, संस्कारमा गाईको दानको महत्व छ ।
परिवारको भरणपोषण गाईमा नै निर्भर थियो । खेतमा जोत्नका लागि साढे गाइबाट प्राप्त हुन्छ, दुध, दही, घ्यू, गौत, गोबार सवै नै उपयोगी मानिन्छ ।
तर पछिल्ला समय गाई पालनमा नै कमी आएको छ । ग्रामिण क्षेत्रमा मात्र केही संख्यामा गाई पालन भइरहेको छ । केहीले भने व्यवसायीक रुपमा गाई पालन गरिरहेका छन् ।
वैज्ञानिक महत्व
गाईको धार्मिक तथा आर्थिक दृष्टिले मात्र महत्व छैन । केही वैज्ञानिक तथ्य पनि छन् जसले गर्दा गाईको महत्व दर्शाउछ । दुध, दही, घ्यू त गाईले भन्दा भैसीले धेरै दिन्छ तर गुणका हिसावमा गाई भन्दा राम्रो केही छैन ।
गाईको दूध, गाईको दुधबाट बनेको उत्पादनको तुलना अरुसँग हुनै सक्दैन ।
गाईको दुध धेरै शक्तिशाली हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।
गाईले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ । मानिसलाई स्वास फेर्नको लागि अक्सिजनको आवश्यकता पर्छ ।
गौतमा यस्तो एक तत्व हुन्छ जसले हृदयरोगका लागि लाभकारी हुन्छ । गौ पोटेशियम, सोडियम, नाइट्रोजन, फास्फेट, यूरिया, यूरिक एसिड तथा दुध दिने समयमा हुने गौतमा लेक्टोजको मात्रा धेरै हुन्छ ।
जसलाई चिकित्सीय दृष्टि से लाभकारी मान्छि ।
हिन्दू धर्म मान्नेवाल मुख्यत नेपाल, भारत लगायतका देशमा छन् उनीहरुले गाईको विशेष पूजा गर्ने गरेका छन् । भारतखण्डमा २८ नश्लका गाई पान्छन् ।
रेड सिंधी, साहिवाल, गिर, देवनी, थारपारकर आदि दुध धेरै दिने गाईको जाती हो ।
आजकल विदेशी नस्ल वाला गाईको पनि प्रचलन छ । जसले धेरै दुध दिन्छ । धार्मिक रुपमा स्थानीय र पुराना नश्लवाला गाइको पूजालाई विशेष प्राथमिकता दिन्छ ।